Skip to main content

धनगढी न्यूज

धनगढीबाट एक बालकलाई नाका कटाउन खोज्ने व्यक्ति पक्राउ

Advertisement

धनगढीः कैलालीको धनगढीस्थित त्रिनगर–गौरिफन्टा नाका हुँदै भारत जाने क्रममा एक बालकसहित भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हिजो (शुक्रबार) बेलुका त्रिनगर प्रहरीले भारतीय नागरिकलाई बालकसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतीय नागरिक सलिम खान पक्राउ परेका हुन्। उनी धनगढी उपमहानगरपालिका–३ का एक बालकलाई ट्याक्सीमा राखेर नाका कटाउन खोज्दा पक्राउ परेका हुन्। मनहेराका ३ कक्षामा पढ्ने ती बालकलाई खानले भारत लैजान लागेका थिए।

बेचविखनको आंशकामा खानलाई प्रहरीले नियन्त्रणमा छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले ती व्यक्ति र गाडी नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको बताए। ती व्यक्तिले बयान फेर्दै गएकाले यही नै कारण हो भनेर एकीन भइनसकेको उनले बताए। #DineshKhabar

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...