Skip to main content

धनगढी न्यूज

रामजानकी विवाह महोत्सव : आज तिलकोत्सव

Advertisement

काठमाडौं : जनकपुरधाममा जारी साताव्यापी रामजानकी विवाह महोत्सवको चौथो दिन बुधबार तिलकोत्सव विधि गरिँदैछ । तेस्रो दिन बिहीबार धनुषयज्ञ सम्पन्न भएसँगै चौथो दिन बुधबार तिलकोत्सव हुने भएको हो।

तिलकोत्सव विधि गर्न दहीचिउरा, खिरपुरी, विभिन्न मिठाइ, फलफूल, लताकपडासहित जानकी मन्दिरबाट भार अर्थात् कोसेलीसँगै बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुग्ने गर्छन्। विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात् वरलाई भार लिएर पुगि तिल्काउने अर्थात् टीकाटालो गर्ने विधि हुन्छ।

तिलकोत्सवमा सम्धी मिलन पनि हुने गर्छ। विधिवतरूपमा आइतबार शुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत मंगलबार बाह्रबिघा रङ्गभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको हो। सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आइतबार साँझ जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको थियो। दोस्रो दिन विवाह मण्डपको बगैँचामा फूलबारी लीला दर्शन गराइएको थियो।

अब पाँचौँ दिन बिहीबार मटकोर, छैटौँ दिन जनकपुरकै राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट निस्केकाजानकीको डोला रङ्गभूमि मैदान पुर्‍याइनेछ। त्यहाँ स्वयंवर तथा सीतारामको विवाह हुनेछ। रामसीता विवाह सम्पन्न भएपछि २२ गते रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ।थाहा खबर बाट शाभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...