Skip to main content

धनगढी न्यूज

नवजीवन सहकारीको साधारणसभा टीकापुरकामा सम्पन्न

Advertisement

टीकापुर : नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक एकाइगत साधारण सभा टीकापुरमा सम्पन्न भएको छ। नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी रहेका थिए ।

भेलालाई सम्वोधन गर्दै मन्त्री लक्ष्मणकिशोर चौधरीले केही व्यक्तिका कारण सहकारी देशव्यापी रुपमा बदनामी भैरहेको र राजनीतिक रुपमा निराकरण हुन नसक्दा समस्या बल्झिएको बताए। मन्त्री चौधरीले कैलाली जिल्लाको आर्थिक विकासमा नवजीवन सहकारीको ठूलो योगदान रहेको चर्चा गर्दै आफू निर्वाचन लडदा सहकारीले ऋण दिएको र सफल भएको बताए।

पूर्वराज्यमन्त्री चन्द्रसिह भट्टराईले शंकैशंकामा सदस्य भएको सहकारीले ठूलो प्रगति गरेकोमा धन्यवाद दिए । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले नवजीवन सहकारी देशकै नमूना सहकारी बनेकामा अरुले पनि सिक्नु पर्ने बताए।
सहकारीका अध्यक्ष देवबहादुर बमले २०८१ असार मसान्तमा सहकारीको शेयरपूजी ३० करोड ८० हजार, शेयर सदस्य ३४ हजार ३९५ पुगेको, जगेडा तथा कोषहरुमा ६२ करोड रुपिया रहेको बताए।

यस्तै २०८१ असार मसान्तमा ४ अर्ब ४ करोड रुपिया लगानी रहेको, खुद मुनाफा १६ करोड ४१ लाख रहेको र भाका नाघेको ऋण ३ प्रतिशतमा सिमित राखेको छ शेयर सदस्यहरुलाई १३ प्रतिशतका दरले हुन आउने रकम करिब ४ करोड लाभांश वितरण गरिने जानकारी दिइएको छ। सहकारीले करीब ५० लाख रकम शेयर सदस्यहरुको हितमा सहयोग गरेको जानकारी दिइएको छ।

सहकारीले सुदूरपश्चिम र लुम्विनी प्रदेशमा गरी १० वटा सेवा केन्द्र, लघुवित्त कार्यक्रम र कुटानी पिसानी गर्ने मिलसहितको कृषि उपआयोजना सञ्चालन गरिरहको छ ।  सहकारीको काठमाडौं र डडेलधुरामा शाखा खोल्ने अनुमति विभागबाट लिएको भएपनि ती क्षेत्रमा यस अघि सञ्चालित सहकारीले वचतकर्ताको ठूलो रकम हिनामिना गरी भागेकाले तत्काल शाखा खोल्ने काम स्थगित गरेको छ।

बन्द सत्रमा शेयर सदस्यहरुले पदाधिकारी र कर्मचारीहरुको खर्च बढेको, लाभांश कम भएको गुनासो गरेका छन्। अध्यक्ष बमले २०७४ सालमा तय भएको पदाधिकारी भत्ता र कर्मचारी लगानी अनुसार कर्मचारी कम भएको जानकारी दिए।
टीकापुर र जोशीपुरका असल ऋणी र उत्कृष्ट विद्यार्थीलाई सम्मान

सभामा टीकापुर र जोशीपुर शाखाका असल ऋणी र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । सहकारीले असल ऋणीका रुपमा जानकी गाउपालिका वडा नम्बर ३ का भर्जु कठरिया, टीकापुरका नरबहादुर बम, भजनीका टीकाराम चौधरी, जोशीपुरका फूलकुमारी थारुलाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका सन्तान प्रतिक साउद र विश्वास ढुंगानालाई पनि सम्मान गरिएको छ ।

प्रतिनिधि चयन
सहकारीको मङ्सिर ३० गते हुने साधारण सभाका लागि प्रतिनिधि छानिएका छन् । टानिएका प्रतिनिधिहरुमा टीकापुरबाट बिमला शाह, तारा बम, धनबहादुर बोहरा, दीर्घबहादुर तिरुवा, नरेन्द्र मल्ल हुनुहुन्छ भने जोशीपुरबाट रामकृष्ण डगौरा र भजनकुमारी बोहरा हुनुहुन्छ ।दिनेश खबर बाट शाभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...