Skip to main content

धनगढी न्यूज

सेतीलाई गेटा विश्वविद्यालयमा गाभ्न सुदूरपश्चिम सरकारको प्रस्ताव

Advertisement

धनगढी : कैलालीको सेती प्रादेशिक अस्पताललाई गेटा विश्वविद्यालयमा गाभ्न सुदूरपश्चिम सरकारले प्रस्ताव गरेको छ। सेतीलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा गाभ्न प्रदेश सरकारले प्रस्ताव गरेको हो।

चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा सुचारुका लागि सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको अस्पताललाई सङ्घीय सरकारमा फिर्ता पठाउने प्रस्ताव गरिएको छ। चाँडो चिकित्सा शिक्षाको पठनपाठन गर्न कानुनी समस्या रहेको दाबी गरिएका बेला प्रदेश सरकारले सञ्चालनमा रहेको सेती अस्पताल सङ्घीय सरकारलाई फिर्ता गर्न तयार रहेको बताएको हो। सुदूरपश्चिम प्रदेश सरकारले सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ भने, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि मुख्यमन्त्री कमलबहादुर शाहले छलफल गरेका छन।

विश्वविद्यालयमा चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा सुचारुका लागि प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा (देउवा), स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल लगायतसँग छलफल भएको मुख्यमन्त्री शाहले बताए। उनले भने, ‘सेतीलाई संघमा हस्तान्तरण गर्ने। गेटा विश्वविद्यालय सुरु गर्ने। सेवा विस्ता गर्न स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको छु। पहिलो चरणमा स्वास्थ्यमन्त्री र परराष्ट्रमन्त्रीसँग छलफल गरे। दोस्रो चरणमा प्रधानमन्त्री ज्यू र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग पनि छलफल गरेको छु।’

चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा पढाइ र अभ्यासका लागि कम्तीमा तीन सय शय्याको अस्पताल आवश्यक हुन्छ। अस्पताल सञ्चालनको तीन वर्षपछि मात्र अध्ययनको अनुमति मिल्छ। गेटा अस्पतालले हाल ५० शय्या सञ्चालनको मात्र अनुमति पाएको छ । सेती अस्पताल विस १९९७ सालबाट सञ्चालनमा रहेको छ। सेती अस्पताल हाल २७५ शय्यामा सञ्चालनमा रहेको सेती विश्व विद्यालयमा गाभ्ने र विश्वविद्यालयको सेवा सुरु गर्न प्रस्तान गरेको मुख्यमन्त्री शाहले बताए। उनले भने, ‘गेटामा सेवा विस्तार गर्ने र चिकित्सा शिक्षा अध्ययनको काम सुरु गर्ने कुरा भएको छ। संघले सेतीलाई लियो भने, सेवा पनि राम्रो हुन्छ। हामी त्यो प्रक्रियामा अगाडी बढेका छौ। तर, अन्तिम भएको छैन।’ विश्वविद्यालयमा पठनपाठन थालिहाल्न प्रादेशिक अस्पताललाई अभ्यासका लागि प्रयोग गर्न सकिने प्रदेश सरकारको प्रस्ताव छ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ। २०८० असोज १९ मा संसद्मा दर्ता भएको यो विधेयक राष्ट्रिय सभाले २०८० माघ १९ मा पारित गरेको थियो। गेटामा विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालनका प्रदेश सरकारले संघ सरकारलाई हारगुहार गरेको हो।

गेटा अस्पतालमा २०८० कात्तिक १ गतेबाट ओपीडी सेवा सुरु भएको थियो। गत साउन ३२ गतेदेखि अन्तरङ्ग (इन्डोर) सेवा पनि सुरु गरिएको छ। अस्पतालमा बिरामीको सङ्ख्या न्यून रहेको छ। २०७९ माघ २९ गतेको मन्त्रीपरिषद्ले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।दिनेश खबर बाट शाभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...