Skip to main content

धनगढी न्यूज

टेकएक्सिस प्रा.लि र सुदूर पश्चिमाञ्चल क्याम्पस, एसपीए कलेज बिच शैक्षिक र व्यावसायिक प्रशिक्षण सम्बन्धी सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

Advertisement

धनगढी : टेकएक्सिस प्रा.लि र सुदूर पश्चिमाञ्चल क्याम्पस, एसपीए कलेज बिच शैक्षिक र व्यावसायिक प्रशिक्षण सम्बन्धी सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। शनिवार एक कार्यक्रमका बिच टेकएक्सिसका सिइओ शैलेश नेपाल र एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार टेकएक्सिसले एसपीए कलेजका विद्यार्थीहरू विशेष गरी बिआइएम अध्ययनरत विद्यार्थीहरू लाई सूचना प्रविधि (आइटी) र व्यवस्थापनसम्बन्धी विभिन्न विषयमा व्यावसायिक प्रशिक्षण, कार्यशाला तथा गेस्ट लेक्चरर प्रदान गर्नेछ। यो सहकार्यले विद्यार्थीलाई आधुनिक प्रविधि र उद्योगका नवीनतम प्रचलनमा तालिम प्रदान गरी रोजगारका अवसरलाई सघाउने विश्वास गरिएको छ।

जसबाट विद्यार्थीहरूले प्राविधिक तालिम वेभ डिजाइन, डाटा साइन्स, डिजिटल मार्केटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्सजस्ता प्राविधिक क्षेत्रमा व्यावहारिक प्रशिक्षण गराइने कलेजका बिआईएम कार्यक्रम निर्देशक धर्मराज भट्टले जानकारी दिए ।

भट्टका अनुसार विद्यार्थीहरू लाई इन्टर्नसिप र रोजगारी प्राप्त गर्न सहजीकरण गरिने छ भने तालिम कार्यक्रम हरेक शैक्षिक सत्रमा सञ्चालन हुनेछ, जसमा तालिमको अवधि ३० घण्टा र कार्यशालाको अवधि १० घण्टा रहनेछ। टेकएक्सिसका प्रतिनिधिहरूले वार्षिक भ्रमणमार्फत प्रत्यक्ष रूपमा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नेछन्।

सम्झौताले चार वर्षको अवधिमा विद्यार्थीलाई प्रविधिमैत्री बनाउने र उनीहरूको रोजगारी क्षमता बढाउने उद्देश्य राखेको छ। टेकएक्सिसका सिइओ पोखरेलले भने, ’यो सहकार्यले प्रविधि र व्यवस्थापन क्षेत्रमा दक्षता विकास गर्दै भविष्यका लागि सक्षम जनशक्ति तयार गर्न महत्त्वपूर्ण योगदान गर्नेछ।’

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...