Skip to main content

धनगढी न्यूज

भारतीय एक्स्काभेटर नेपाली क्षेत्रमा घुस्यो

Advertisement

धनगढीः दार्चुलास्थित महाकाली नदीमा तटबन्ध निर्माण गर्न विषयमा नेपाल र भारतीय पक्षबिच विवाद भएको छ।

दार्चुला सदरमुकाम क्षेत्रमा भारतीय पक्षले नेपालतर्फ महाकालीको धार फर्काउन लाग्दा विवाद भएको हो। भारतीय पक्षले दार्चुला सदरमुकामको गल्फै क्षेत्रमा नदी नेपालतर्फ फर्काएको छ भने नेपालतर्फको श्रीबगर क्षेत्रमा तटबन्ध निर्माण गर्न अवरोध गर्दै आएको छ।

भारतीय पक्षले श्रीबगर क्षेत्रमा काम रोकेपछि नेपाली पक्षले गल्फै क्षेत्रमा भारतीय पक्षको कामलाई अवरोध पुगाएका छन्। नदी डाइभर्सन गर्न प्रयोग भएको भारतीय एक्स्काभेटर नेपाली भूमिमा प्रवेश गरेको छ। भारतीय पक्षले नेपाली भूभाग भारततर्फ पर्ने गरी तटबन्ध निर्माण र नदी डाइभर्सन गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन्।
महाकाली नदीमा भारतीय थिचोमिचो कायमै
आइतवार दार्चुला सदरमुकाम खल्फैस्थित महाकाली नदी बगरमा भारतीय एक्स्काभेटर प्रवेश गरेको हो। महाकाली नदीमा तटबन्ध गरिरहेको भारतले नदीको धार नेपालतर्फ फर्काउन केही दिनदेखि काम गरिरहेको थियो। नेपाली सर्वसाधारणले कटान भएको नेपाली भूभागसमेत भारततर्फ पर्ने हिसाबले भारतीय पक्षले तटबन्ध निर्माण र नदी डाइभर्सनको काम गरिरहेको आरोप लगाउँदै आएका थिए।

दार्चुला सदरमुकामभन्दा माथि श्रीबगर क्षेत्रमा नेपाललाई तटबन्ध गर्न अबोध गर्दै आएको भारतीय पक्षले गल्फै नजिक भने निर्वाध काम गरिरहेको थियो। २०७० सालको बाढीले कटान गरेको गल्फै क्षेत्रमा नेपाली भूभाग बगरमा परिणत भएको छ। त्यही क्षेत्रमा हाल तटबन्ध गरिरहेको भारतले महाकाली नदी नेपालतर्फ फर्काएर तटबन्धको काम गरिरहेको हो।

एक पक्षीय रुपमा नदी डाइभर्सन गरिरहेको भारतले आइतबार एक्स्काभेट नेपाल प्रवेश गराएको स्थानीयको आरोप छ। तर, भारतीय एक्स्काभेटर नेपालतर्फ आउनासाथ प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए। उनले अहिले आफूसहितको सरकारी अधिकारीसहितको टोली घटमास्थलमै रहेको र वास्तविकता बुझ्ने काम भइरहेको बताए।

‘अहिले हामी नदी क्षेत्रमै छौँ। प्रहरीले भारतीय एक्स्काभेट नेपाल आउनासाथ नियन्त्रणमा लिएको छ’, उनले भने, ‘वास्तविकता बुझ्ने काम भइरहेको छ।’ स्थानीयले भने तटबन्ध गर्ने नाममा भारतीय पक्षले महाकाली नदीमा दादागिरी गरिरहेको बताएका छन्। उनीहरूले नेपाली प्रशासनसमेत भारतीय गतिविधिका अगाडि मुकदर्शक हुने गरेको आरोप लगाएका छन्।
श्रीबगर क्षेत्रमा तटबन्ध गर्न भारतीयको अबरोध 
भारतले धार्चुलाको तावाघाट क्षेत्रमा निर्माण गरेको धौलीगंगा जलविद्युत आयोजनाका कारण महाकाली नदीले हरेक वर्ष बाढी र कटानको समस्या निम्त्याउने गरेको छ। २०७० सालमा महाकाली नदीले दार्चुला सदरमुकाम क्षेत्रमा व्यापक रुपमा कटान गरेको थियो। त्यसपछि नेपालले सदरमुकाम क्षेत्रमा तटबन्ध निर्माण गरेको थियो। भारततर्फ बलियो चट्टानका वावजुत पनि गत वर्षदेखि तटबन्ध निर्माणमा भारतीय पक्षले तीव्रता दिएको छ।

भारतले एकपक्षीय रुपमा महाकाली नदीमा काम गर्दै आए पनि नेपालतर्फको श्रीवगर क्षेत्रमा भने तटबन्ध निर्माण गर्न अबरोध गर्दै आएको छ। भारतीय पक्षले श्रीबगर क्षेत्रमा नेपाललाई तटबन्ध निर्माण गर्न अबरोध गर्दै आएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए। उनले श्रीबगरमा भारतीय पक्षले काम गर्न नदिएपछि गल्फै क्षेत्रमा भारतले नदी नेपालतर्फ फर्काएर काम गर्न नपाइने आवाज स्थानीयले उठाएको बताए।

‘श्रीबगरमा काम गर्दा भारतीय पक्षबाट अबरोध हुने गरेको छ। यता गल्फैमा नेपाली पक्षबाट अबरोध गर्ने काम भएको छ’, उनले भने, ‘हामीले दुबै स्थानमा तटबन्ध गर्ने वातावरण हुनुपर्छ भन्दै आएका छौँ।’ भारतीय पक्षले दार्चुला सदरमुकाम खलंगामा भारतीय एक्स्काभेटरले अनुमति बिना नै ल्याएको हो। भारतीय पक्षले महाकाली नदी पार गर्दै नेपालको सीमा अतिक्रमण गर्न थालेको भन्दै स्थानीयले कडा विरोध जनाएका छन्।

स्थानीयले भारतीय पक्षले सीमा क्षेत्रमा मनलाग्दी गर्दै आएको भन्दै आक्रोश व्यक्त गरेका छन्। तर, घटनाको वास्तविकता बुझेर आपसी समझदारीमा समस्याको हल गर्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए। श्रीवगर क्षेत्रमा नेपाली पक्षलाई काम गर्न अबरोध गरेको भारतीय पक्षले सदरमुकाम नजिकै नेपाली भूभागमा आफ्नो एक्स्काभेट ल्याएको हो। एकतर्फी रुपमा नदी नेपालतर्फ फर्काएर आफ्नो क्षेत्रमा तटबन्ध गरिरहेको भारतले नेपाली भूमि मिचेर काम गरिरहेको स्थानीयको आरोप छ।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...