Skip to main content

धनगढी न्यूज

एसपिए Tech Fest 0.2 आयोजना हुँदै

Advertisement

धनगढीको सुदूर पश्चिमाञ्चल क्याम्पसमा सूचना प्रविधि उत्सव (Tech Fest 0.2) आयोजना हुने भएको छ । यही माघ १० र ११ गते एसपिए रोवोटिक्स क्लबको आयोजनामा उक्त प्रविधि उत्सवको दोस्रो संस्करण आयोजना हुन लागेको हो । उक्त उत्सवमा सुदूर पश्चिमका विभिन्न विद्यालय तथा क्याम्पसहरुले सहभागिता जनाउन सक्ने क्लबका अध्यक्ष जैनुल अल जफर सिद्धिकीले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रविधि उत्सवलाई विभिन्न ४ वटा खण्डमा विभाजन गरिएको छ । जसअन्र्तगत रोबोटिक्स , विज्ञान , खेल तथा अतिरिक्त खण्डभित्र रोबो सुमो , रेस , सकर , स्टीम प्रर्दशनी , च्यालेन्ज , युवा वैज्ञानिक प्रदर्शनी , आइटी हाजिरिजवाफ , चेस , बेलुक काररेस रहेका छन् । त्यस्तै अतिरिक्त खण्ड अन्तर्गत मनोरञ्जनात्मक नृत्य , फुड स्टल , म्युजिक चेयर लगायतका प्रस्तुती रहने आयोजकद्धारा जनाईएको छ ।

यसका लागि सबै विद्यालय तथा क्याम्पसहरुलाई सहभागिता जनाई उत्सवलाई भव्य बनाउन आयोजकले अनुरोध समेत गरेको छ । त्यस्तै विभिन्न प्रतियोगिता तथा प्रदर्शनी अवलोकन गरी कार्यक्रमको शोभा बढाईदिन तथा नव प्राविधिकहरुको हौसला प्रदान गरिदिन समेत क्लबको आग्रह रहेको छ ।

विस्तृत जानकारीको लागि आधिकारिक मो.नं. ९७४६३२५९५९ तथा ईमेलमा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...