Skip to main content

धनगढी न्यूज

कैलालीमा अंश विवाद, २८ जना विरुद्ध ११ जनाले हाले अदालतमा मुद्दा

Advertisement

धनगढीः नेपालमा फैजदारी र देवानी गरी मुद्दालाई मुख्यतया दुई प्रकारले विभाजन गरिएको छ।

कानुनले निषेध गरेको कुनै पनि काम गरेमा कसैलाई कम्तीमा एक दिन कैद सजाय वा कम्तीमा एक रूपैयाँ जरिवाना हुन्छ भने त्यो फौजदारी मुद्दा हुन्छ। जस्तै, १८ वर्ष नपुगेकी किशोरीसँग सहमतिमा शारीरिक सम्पर्क गरे पनि जबरजस्ती करणी हुन्छ। यस्तो घटना फौजदारी मुद्दामा दर्ता हुन्छ। त्यसैगरी कसैको पद, सम्पत्ति वा पारिवारिक सम्बन्धसँग सम्बन्धित मुद्दालाई देवानी मुद्दा भनिन्छ। जस्तै, अंश, लेनदेन, सम्बन्ध विच्छेद तथा नाता कायम मुद्दा देवानी अन्तर्गत पर्छन्।

कैलालीमा पछिल्लो समय देवानी मुद्दा अन्तर्गत अंश मुद्दाको संख्या बढ्दै गएको छ। जिल्ला अदालत कैलालीको दैनिक पेशी (मंगलबार) सूचीअनुसार अंश मुद्दा अन्तर्गत २८ जना विरुद्ध ११ जनाले मुद्दा दर्ता गरेको उल्लेख छ। अदालतले जारी गरेको सूचीअनुसार २०८१ साउन २७ गते फूलमतीदेवी सार्कीले दिलबहादुर सार्की विरुद्ध अंशका लागि जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरेकी थिइन। यो मुद्दाको बकपत्र भइसकेको छ।

यस्तै २०८१ असोज १४ गते हिमानी चौधरीसहित २ जनाले जमुनाप्रसाद चौधरीसहित तीन जनाको नाममा अंश मुद्दा दायर गरेकोमा फैसला हुन बाँकी नै छ। गत वर्ष रामदास रानाले दुलारादेवी रानासहित २ जना विरुद्ध अंश मुद्दा दायर गरेका थिए।

यस्तै अंश मुद्दामा तुलसीदेवी रावलले सुर्यबहादुर रावल विरुद्ध, गत बैशाख १६ गते हिमान्सु भट्टले हरिप्रसाद भट्टसहित ५ जना विरुद्ध, गत असार १९ गते रामअप्तार रानाले मगरा राना थारुसहित ४ जना विरुद्ध र गत कार्तिक ८ गते सुनिता चौधरीले खुसीराम डगौरा थारुसहित तीन जना विरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरेकोमा अन्तिम फैसला हुन बाँकी नै छ।

यस्तै अंशकै विषयमा सिर्जना बजगाईले रोहित जोशीसहित तीन जना विरुद्ध मुद्दा दायर गरेकी छन्। यसैगरी अंश र सम्वन्ध विच्छेदका लागि माया लामा समेत २ जनाले गणेशबहादुर लामासहित ६ जना विरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। मंगलबारका लागि जिल्ला अदालत कैलालीले न्यायधीस दण्डपाणी लामिछानेले हेर्ने गरी २७, न्यायधीस प्रदिपकुमार उपाध्यायले हेर्ने गरी १५, न्यायधीस दिपेन्द्रनाथ योगीले हेर्ने गरी १६ र न्यायधीस हरिसिंह धामीले हेर्ने गरी १६ गरेर कुल ७४ पेशी छन्। तीमध्ये १० वटा पेशी स्थगित गरिएको छ।दिनेश खबर बाट शाभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...