Skip to main content

धनगढी न्यूज

बार्सिलोनाले जित्यो सुपरकपको उपाधि

Advertisement

धनगढी : रियल मड्रिडलाई ५–२ ले  पराजित गर्दै बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ।

 

आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो।  खेलको पाचौँ मिनेटमा केलियन एमबाप्पेको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। भिनिसियस जुनियरको पासमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर खेलको २२ औँ मिनेटमा लामिन यामालको गोलमा बार्सा खेलमा फर्किएको थियो। रोबर्टो लेवान्डोस्कीको पासमा लामिनले गोल गरेका थिए।

३६ औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। राफिन्हाले खेलको ३९ र ४८ औँ मिनेटमा गोल थपेका थिए। एक गोल एलेजान्ड्रो बाल्डेले गरे।

खेलको ५६ औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो। त्यसकै फाइदा उठाउँदै रोड्रिगोले गोल फर्काए।

योसँगै बार्सिलोनाले अघिल्लो सिजन फाइनलमा भोगेको हारको बदला समेत लिएको छ। रियलले भने बार्सिलोनालाई हराउँदै उपाधि बराबरी गर्ने ्मौका गुमाएको छ।

सुपर कपको उपाधि १५ पटक जित्ने बार्सिलोना एक्लो टोली हो। बार्सिलोना २ पटक सेमिफाइनलबाट बाहिरिदा १२ पटक उपविजेता बनेको छ।

रियलले भने १३ पटक उपाधि जित्दा ७ पटक उपविजेतामा सिमिति बनेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...