Skip to main content

धनगढी न्यूज

धनगढीमा मापदण्ड विपरीत सडकको नाली निर्माण

Advertisement

धनगढी : कैलालीको धनगढीमा मापदण्ड विपरीत सडकको नाली निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिका–१ नैनादेवी सडकमा मापदण्ड विपरीत नाली निर्माण गरिएको हो।

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, मातहतको पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता मार्फत सुरु गरेको नाली निर्माणको काममा लापर्बाही गरिएको छ। नाली निर्माण गर्दा स्वइलिङ्ग नगरेको भन्दै स्थानीय युवाहरूले रोकेका छन्। उनीहरूले इस्टिमेट विपरीत काम भएको भन्दै विरोध गरेका हुन। स्थानीय युवा सौरभ सत्यालले कोष तथा लेखा नियन्त्रणको कार्यालय अगाडीको क्षेत्रमा सडकको नाली निर्माणमा लापर्बाही गरिएको बताए। उनले भने, ‘आधा नाली स्वइलिङ्ग गरेको छ। केही क्षेत्रमा ठग्ने काम भएको छ। माटोमा मसला खसालिएको छ। नाली निर्माण गर्ने काम भएको छ। जनप्रतिनिधिहरू पनि आउनु भएको छैन। काममा ठगी भएको छ। हामीले काम रोका छौ। बजेट खान खोजेका होलान। तर, ढुङ्गा नहालेपछि नाली कच्चा हुन्छ।’

स्थानीय युवाहरूले इस्टिमेटमा भए अनुसारको काम नभएको भन्दै नाली निर्माणको काम रोकेका छन्। स्थानीय अस्मिन स्वारले भने, ‘मन्दिरदेखि चौकसम्म काम हुँदैछ। केही क्षेत्रमा सोलिङ्ग छ। तर, यो क्षेत्रमा काम इस्टिमेट अनुसार भएको छैन। भोलिको दिनमा धसिन्छ। हामीले नम्बरी जग्गा दिएर, सडक भन्दै छ। सडक राम्रो हुनुपर्यो।’ सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सुधार गर्ने बताएको छ।

सडकको नाली निर्माण क्षेत्रमा रहेका पूर्वाधार कार्यालय, धनगढीका ओभरसियर हरि जोशीले इस्टिमेट अनुसार काम नभएको बताए। उनले भने, ‘भित्रि सडक हो। निर्माण कम्पनीले सुधार गर्ने भन्नु भएको छ। ढुङ्गा सकिएकाले नहालेको भनिएको छ। हामी सुधार गर्छाै।’ पूर्वाधार कार्यालय, कैलालीको मौखिक सहमतिमा इस्टिमेटमा भए अनुसारको नाली निर्माण नभएको हो। पूर्वाधार कार्यालय, धनगढीले शून्य दशमलव ४७ किलोमिटर नैनादेवी–पुराना हसनपुर सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। नैनावेदी सडकमा पाँच सय २५ मिटर नाली निर्माण हुँदैछ।

पूर्वाधार कार्यालयले नैनादेवी सडकसँग अन्य तीन वटा सडकको एकै साथ ठेक्का सम्झौता गरेको हो। चार वटा सडकको दुई दशमलव ५६ किलोमिटर सडक कालोपत्रको ठेक्का सम्झौता गरिएको छ। चार वटा सडकको तीन हजार दुई सय ८८ मिटर नाली निर्माण गरिने छ। धनगढीका १९ वटा सडकको आर्थिक वर्ष २०८०/०८१ मा बहुवर्षीय ठेक्का सम्झौता गरिएको थियो।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...