Skip to main content

धनगढी न्यूज

सहकारी ठगी प्रकरण : रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

Advertisement

चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका आरोपीमाथि मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रूपन्देही जिल्ला अदालतपछि चितवनको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेमाथि मुद्दा दायर भएको हो ।

चितवनमा रविविरुद्ध ठगी मुद्दा दर्ता भएको हो । अन्य अदालतमा भने संगठित अपराध मुद्दा दायर भएको थियो । ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईसहितलाई भने संगठित मुद्दा दायर भएको छ ।

अदालतमा दायर अभियोगपत्रमा सहकारीमा बचतकर्ताले राखेको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ आएको खुलेको छ ।

त्योबाहेक जीबीको अन्य विभिन्न कम्पनीमा समेत रकम आएको देखिएको छ । रविबाहेक चितवनको साहारा सहकारीबाट रविकी श्रीमती निकिता पौडेल र गोपीकृष्ण मुभी कम्पनीमा समेत रकम आएको देखिएको छ ।

निकिताको खातामा ५९ लाख ३८ हजार २५१ र गोपीकृष्ण मुभीको खातामा ८१ लाख २५ हजार रुपैयाँ खाएको खुलेको हो ।

चितवनको साहारा सहकारीमा कुल ४२ जनालाई प्रतिवादी बनाइएको छ । पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी र रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने धरौटीमा छुटिसकेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...