Skip to main content

धनगढी न्यूज

गौरीगंगा फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि हुने

Advertisement

धनगढी : कैलालीमा गौरीगंगा फुटबल प्रतियोगिता फागुन ७ गतेबाट हुने भएको छ। जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि सञ्चालन हुने भएको हो।

गौरीगंगा–११ स्पोर्टस क्लबले धनगढीमा पक्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका विषयमा जानजकारी दिएको छ। क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्, गौरीगंगा नगरपालिकाको सहयोग राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ। उपविजेताले दुई लाख पचास हजार नगदसहित ट्रफी मेडल पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पचास हजार, उत्कृष्ट गोलरक्षक १५ हजार, उत्कृष्ट रक्षक १५ हजार, उत्कृष्ट फरवार्ड १५ हजार, सर्वाधिक गोलकर्ता १५ हजार, उदयमान खेलाडी १५ हजार, फेयर प्ले टिमलाई १५ हजार पुरस्कार दिईनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार सहित ट्रफी दिईने आयोजकले जनाएको छ। प्रतियोगितामा ७ वटा प्रदेशका टीमहरूको सहभागीता रहनेछ । प्रदेश फुटबल संघको सहकार्यमा प्रदेशको टीम अथवा प्रदेशको क्लबको सहभागीता प्रतियोगितामा रहनेछ। प्रतियोगिता फागुन १४ गतेसम्म सञ्चालन हुनेछ।

मृद्धिको आधार फुटबलको पूर्वाधार भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका राष्ट्रिय विभूतिको नाममा प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए। गौरीगंगा–११ क्लबले आयोजना गर्न लागेको यो प्रतियोगिता पाँचौँ संस्करण हो। यद्यपि यस पटक प्रदेश खेलकुद परिषदको तत्वाधानमा राष्ट्रिय विभूतिको नाममा यो प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए। ‘कैलालीको मध्यवर्ती क्षेत्र राजमार्गमा रहेको त्यो ठाउँमा रहेको खेल मैदानलाई रङ्गशालाका रूपमा निर्माण गर्न र त्यहाँको खेल र खेलाडीको विकास होस् भन्ने उद्देश्यले दबाब दिन प्रतियोगिता सञ्चालन गर्दै आएका छौं।’ उनले भने।

यो प्रतियोगितालाई मध्यवर्ती क्षेत्रमा खेलकुद क्षेत्रमा विकास पुग्ने र फुटबल खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने एउटा मञ्च प्राप्त गर्ने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए। गौरीगंगा नगरपालिका–८ मा रहेको गौरीगंगा–११ स्पोर्टस क्लबको खेलमैदानमा प्रतियोगिताका खेलहरू सञ्चालन हुनेछन्। प्रतियोगिताका लागि खेल मैदान व्यवस्थित गर्ने काम सम्पन्न भएको छ।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...