Skip to main content

धनगढी न्यूज

बाजुरामा अन्नबालीभन्दा सुन्तला खेतीले फाइदा

Advertisement

बाजुराः बाजुराका गौमूल गाउँपालिका–४, विजयढुङ्गाकी पारू रोकायाले सुन्तला खेतीबाट राम्रो कमाइ गर्दै आएको छ। गाउँमा सधैँ अन्नबाली लगाएको जमिनमा पछिल्लो समय उनले सुन्तला खेती गर्न सुरु गरेपछि अहिले राम्रो कमाइ गर्न थालेकी छिन्।

गाउँमा अन्नबालीभन्दा सुन्तला खेतीले राम्रो कमाइ हुन थालेको गौमूल गाउँपालिका–४, विजय ढुङ्गाकी किसान पारू रोकायाले बताइन्। उनले भनिन्, ‘पहिला गाउँमा भएको जमिनमा अन्नबाली लगाउने गरेको थिएँ। त्यसबाट पेट पाल्नै सकस भएको थियो।’ अहिले सुन्ताल बिक्री गरेर वार्षिक दुई/चार लाख आम्दानी हुन थालेपछि घरपरिवार सुखले पालिने गरेको रोकायाले बताइन्।

रोकायाले २०७४ सालमा झन्डै पाँच रोपनी जमिनमा सुन्तला खेती गरेकी थिईन्। गाउँमा रहेको पाखो जमिनमा राम्रो खेती नहुने भएपछि उनले त्यो जमिनमा सुन्तला खेती सुरु गरेकी थिइन्। गौमूल गाउँपालिकाले एक सय र अन्य नौ सय बोट आफैँले खरिद गरेर पाँच रोपनीमा झन्डै एक हजार सुन्तलाको बोट लगाएकि थिइन्। बारीमा लगाएका सबै सुन्ताल अहिले लटरम्म फल्ने गरेका छन्।

अन्नबालीभन्दा सुन्तला खेतीले राम्रो कमाइ गर्न सकिने उद्देश्यले रोकायाले केही वर्ष पहिला यहाँको पाँच रोपनी पाखो जमिनमा सुन्तला खेती सुरु गरेकी हुन्। भोको पेट पाल्नका लागि सबै भारतमा कामको खोजीमा जाने गरेका उनका श्रीमान् अहिले सुन्तला बिक्रीमा व्यस्त भएका छन्। सुन्तला खेतीले अहिले उनले छोराछोरीलाई समेत राम्रो शिक्षादीक्षा दिँदै आएकी छिन्।

पहिलो पटक परीक्षणका लागि रोपेका सुन्तलाले राम्रो कमाइ हुन थालेपछि अहिले उनले गाउँमा रहेको अन्य बाँझो जमिनमा समेत सुन्तला खेती गर्ने तयारी भएको रोकायाले बताइन्। पछिल्लो समय यहाँको हिमाली, स्वामीकार्तिक, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, गौमूल, त्रिवेणी, बुढीगङ्गा, त्रिवेणी र छेडेदहलगायतका पालिकामा सुन्तला उत्पादन हुने गरेको छ। यसरी बाजुरामा उत्पादन गरेको सुन्तला बजारीकरण गर्नका लागि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानको व्यवस्था मिलाउँदै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...