Skip to main content

धनगढी न्यूज

क्रिकेट प्रवर्धक शाही सम्मानित

Advertisement

सुदूरपश्चिम क्रिकेटको प्रवर्धक सुवास शाही सोमबार सम्मानित भएका छन् । एलआरआई स्कुलले आफ्नो ३७ औं स्थापनाको अवसरमा शाहीसहित विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सोमबार राजधानीमा सम्मानित गरेको हो ।

एसपीए कपबाट सुदूरपश्चिममा क्रिकेटको रौनक ल्याएका शाहीले सन् २०१६ मा धनगढीमा अक्सनमार्फत सिटीबेस फ्रेन्चाइज क्रिकेटको नेपालमा पहिलो पटक सुरु गराएका थिए । त्यसपछि शाहीको नेतृत्वमा धनगढी क्रिकेट एकेडेमी सञ्चालनमा ल्याइएको थियो । शाहीलाई एलआरआईमा लक्ष्मण राजवंशी अवार्डसहित १ लाख रुपैयाँबाट सम्मानित गरिएको हो ।

यसै वर्षदेखि उनको संस्था गो ड्रिमर्समार्फत अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता गरिएको छ । सरकारले शाहीलाई फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको बोर्ड अध्यक्षको जिम्मेवारी तोकेर धनगढीमा क्रिकेट रंगशाला निर्माणको कार्य अगाडि बढाएको छ ।

एलआरआईले दृष्टि फाउन्डेसन कैलालीकी कल्पना भट्टलाई २ लाख २५ हजारसहित सम्मान गरेको थियो । पद्योदय उमावि पूर्व प्रधानाध्यापक रमेशप्रसाद गौतम, मंगलोदय माविका पूर्व प्रधानाध्यापक लीलानाथ शर्मा, नारायणी इंग्लिस पब्लिक स्कुल चितवनका पूर्व प्रधानाध्यापक पूर्ण दवाडीलाई २५ हजारसहित विभिन्न शीर्षकमा सम्मान गरिएको थियो ।

LRI honor to Shahiएलआरआईकी निर्मला भट्टलाई ‘टिचर अफ द इयर’, आईटी इन्चार्ज रमेश सापकोटालाई ‘आउटस्ट्यान्डिङ पर्सनल’ अवार्डसहित जनही २५ हजार तथा सपोटिङ स्टाफ निर्मला तामाङलाई ‘आउटस्ट्यान्डिङ स्टाफ’ अवार्डसहित ११ हजारसहित सम्मान गरिएको थियो । स्कुलले आफ्ना क्रिकेट प्रशिक्षक अनुप श्रेष्ठ र चिनियाँ भाषामा उत्कृष्ट गरेका अंशुमा महर्जनलाई क्रमशः यशोधरा पन्त र यस्रेखा पन्त अवार्डसहित जनही २५ हजारबाट सम्मान गरिएको थियो ।

त्यस्तै ‘स्कुल टपर’ योगेशकुमार बोहरालाई १ लाखसहित ‘प्रिन्सिपल अवार्ड’ बाट सम्मानित गरिएको थियो । पर्यटनविद् कर्ण शाक्य, एलआरआईका संस्थापक शिवराज पन्त, निर्देशक देवकान्त जोशी र प्रधानाध्यापक बादल प्रधानलगायतले सम्मान प्रदान गरेका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...