Skip to main content

धनगढी न्यूज

अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरूले बुझाए मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र

Advertisement

धनगढीः अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएका छन्।

स्थायी पदपूर्तिको व्यवस्था गर्न माग गर्दै सोमवार सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापन पत्र बुझाउँदै लामो समयदेखि अस्थायी, करार तथा ज्यालादारी पदमा कार्यरत कर्मचारीहरूको भविश्य अन्योलमा परेको भन्दै स्थायी पदपूर्तिको व्यवस्था गर्न माग गरेको छन्।

ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार ०५६/०५७ सालदेखि लोक सेवा आयोगमार्फत स्थायी पदपूर्ति प्रक्रिया रोकिएपछि श्रेणीविहीन पदहरूमा कार्यरत कर्मचारीहरूले उमेर हदबन्दीका कारण अवसर गुमाउँदै आएको र बृद्धावस्थामा खाली हात बस्नुपर्ने अवस्थाले पीडा थपेको छ । यस्ता कर्मचारीहरूको रोजगारीको ग्यारेन्टी र सुनौलो भविश्य सुनिश्चित गर्न सर्वोच्च अदालतले मिति २०७०/१०/९ मा निर्देशात्मक आदेश दिएको र मिति २०७४/१/२१ मा मन्त्रीपरिषद्ले समेत सहमति जनाएको भए पनि अहिलेसम्म कार्यान्वयन नभएको उनीहरूको गुनासो छ।

संघले प्रदेश निजामती सेवा ऐन संशोधन गरी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई उमेर हदबन्दी नलगाई एकपटकका लागि स्थायी गर्ने व्यवस्था गर्न माग गरेको छन्। ज्ञापन पत्रमा हाल कार्यरत सम्पूर्ण अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र स्थायी कर्मचारीसरह सबै सेवा सुविधाको सुनिश्चितता गराउन माग गरिएको छ।

त्यस्तै जटिल प्रकृतिका रोग लाग्दा बिरामी बिदा तथा बिमाको विशेष व्यवस्था हुनुपर्ने माग पनि संघले अघि सारेको छ। संघले कार्यरत कर्मचारीहरूको सेवा अवधि र गुमेको अवसरको समेत मूल्यांकन गरी उपयुक्त व्यवस्थाको लागि पहल गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...