Skip to main content

धनगढी न्यूज

धनगढीका २८६ सामुदायिक कुकुरको बन्ध्याकरण

Advertisement

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले दुई सय ८६ सामुदायिक (छाडा छोडिएका) कुकुरको बन्ध्याकरण गरेको छ।

उपमहानगरपालिकाले सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सामुदायिक कुकुरको बन्ध्याकरण गरेको हो। सामुदायिक कुकुरका कारण समस्या सिर्जना भएपछि उपमहानगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण गरेको बताएको छ। उपमहानगरपालिकाले केही वर्षदेखि सामुदायिक कुकुर नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ।

सामुदायिक कुकुरले गर्दा दुर्घटना र रेबिज रोग लाग्ने भएकाले बन्ध्याकरणका साथै रेबिजविरुद्धको खोप लगाइएको हो। सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण सबैभन्दा प्रभावकारी उपाय रहेको बताइएको छ।

उपमहानगरपालिकाले यही चैत्र १७ गते आइतवारदेखि बुधवारसम्म सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको थियो। चार दिनसम्म सञ्चालन भएको शिविरमा १५८ पोथी र १२८ भाले गरी दुई सय ८६ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको जनाइएको छ। धनगढीमा कुकुरको सङ्ख्या धेरै भएकाले बन्ध्याकरण गरिएको हो।

उपमहानगरपालिका पशुसेवा शाखा प्रमुख डाक्टर समीरकुमार ठाकुरले चार दिनसम्म चलेको शिविरमा छाडा छोडिएका कुकुरहरूको मात्र बन्ध्याकरण गरिएको थियो। छाडा छोडिएका कुकुरहरूको सङ्ख्या नियन्त्रण गर्न उपमहानगरपालिकाले हरेक वर्ष बन्ध्याकरण शिविर आयोजना गर्दै आएको पशुसेवा शाखा प्रमुख ठाकुरले बताए।

सामुदायिक कुकुरको बिगबिगीका कारण मानिसमा रेबिजको सङ्क्रमण हुने, सडक दुर्घटनामा बृद्धि हुने तथा फोहर दूर्गन्ध बढ्ने लगायतका समस्या कम गर्न नियन्त्रणको प्रयास हुँदै आएको छ। पशुसेवा शाखा प्रमुख डाक्टर ठाकुरले काठमाण्डौँको मण्डला भेटेनरी अस्पतालको प्राविधिक सहयोग र धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो।

धनगढीमा बिहानको समयमा सामुदायिक कुकुरले टोक्ने तथा लखेट्ने जोखिम रहेको उपमहानगरपालिकाले जनाएको छ। बन्ध्याकरणले सामुदायिक कुकुरको सङ्ख्या घटाउने बताइएको छ।

शिविरमा खटिएको विज्ञसहितको टोलीले नगरको टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरेपश्चात नियन्त्रण लिइएको स्थानमै छाडिएको डाक्टर ठाकुरले बताए।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...