Skip to main content

धनगढी न्यूज

सबै विद्यालय बन्द गरिदिन इस्टु प्रदेश कार्यसमितिको अपिल

Advertisement

नेपाल शिक्षक महासंघद्धारा सञ्चालित शिक्षक आन्दोलन मिति २०८१ चैत्र २० गतेदेखि संघीय राजधानी काठमाण्डौमा जारी रहेकोमा त्यसमा ऐकेबद्धता जनाउन संस्थागत विद्यालय शिक्षक युनियन(ISTU) , सुदूर पश्चिम प्रदेश कमिटीले सम्वद्ध सबैमा आग्रह गरेको छ ।

विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा भैरहेको देशव्यापी आन्दोलनमा सहभागी हुन समेत इस्टु सुदूर पश्चिमले अनुरोध गरेको छ । “आन्दोलनलाई अझ देशव्यापी तथा सशक्त बनाउनको लागि २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हड्ताल गर्ने नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णय बमोजिम भोलि २५ गतेदेखि सुदूर पश्चिम प्रदेश अन्तर्गतका सम्पुर्ण विद्यालयहरु (सामुदायिक एवम् संस्थागत) पूर्णरुपमा बन्द गरि सहयोग गरिदिन अनुरोध गर्दछौँ ” , विज्ञप्तिमा उल्लेख छ ।

यस अवधिमा प्रदेशभरका विद्यालयमा कक्षा ११ र १२ को पठनपाठन समेत पूर्णरुपमा बन्द गरि आन्दोलनमा सरिक भईदिनुहुन सम्पुर्ण शिक्षक कर्मचारीहरुलाई संस्थागत विद्यालय शिक्षक यूनियन सुदूर पश्चिम प्रदेश कार्य समिति संयोजक धर्मराज भट्टले हार्दिक अपिल गरेका छन् ।

उनले आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरिदिनुहुन सुदूर पश्चिम प्रदेशका सम्पुर्ण स्थानिय सरकारहरु, विद्यार्थी, अभिभावक, वि.व्य.सं. शि.अ.सं. लगायत शैक्षिक सम्वद्ध सरोकार पक्षहरुसँग आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...