Skip to main content

धनगढी न्यूज

धनगढीमा ७औ राष्ट्रिय उसु निर्णायक सेमिनार सुरु

Advertisement

धनगढीः कैलालीको धनगढीमा ७औ राष्ट्रिय उसु निर्णायक सेमिनार तथा ११औं राष्ट्रिय उसु डिप्लोमा परीक्षा कोर्स २०८२ सुरु भएको छ।

नेपाल उसु महासङ्घको तत्वावधान तथा सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा धनगढीमा एक औपचारीक कार्यक्रमका बिच सेमिनार सुरु भएको हो। सेमिनारको सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री प्रकाश बहादुर देउवाले उद्घाटन गरे। सेमिनारमा अन्तर्राष्ट्रिय उसु महासंघ (क्ष्ध्ग्ँ) द्वारा जारी गरिएको मान्यता प्राप्त व्यालिड लाइसेन्स भएका निर्णायकहरुबाट विविध अन्तर्राष्ट्रिय नयाँ नियम तथा अपडेटहरुमा प्रशिक्षण दिइने बताईएको छ।

कार्यक्रमले उसु खेलको विकास, प्रशिक्षण र व्यवस्थापनमा थप योगदान पुर्‍याउने आयोजकले अपेक्षा लिएको छ। सेमिनारमा अन्तर्राष्ट्रिय स्तरका कोचहरुबाट डिप्लोमा कोर्स सञ्चालन समेत हुने बताईएको छ। सुदूरपश्चिमबाट ४८, कर्णालीबाट २२, लुम्बिनीबाट १६, गण्डकीबाट ९, बागमतीबाट १० र कोशीबाट ५ जना गरी सेमिनारमा जम्मा ११० जनाको सहभागिता रहेको छ। उक्त सेमिनार ७ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...