Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिम विश्वविद्यालयका भवनकाे चार करोड १२ लाख भुक्तानी दिन बाँकी

Advertisement

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनसहितको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन्।

निर्माण व्यवसायी, संघ कञ्चनपुरले सुदूरपश्चिम विश्वविद्यालयविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो। विश्वविद्यालयले निर्माण व्यवसायीको चार करोड १२ लाख भुक्तानी नदिएको भन्दै उनीहरूले तालाबन्दीको चेतावनी दिएका छन्।

निर्माण व्यवसायी संघको कार्यालयमा आइतवार पत्रकार सम्मेलन गर्दै संघले सात दिनको अल्टिमेटम दिएका छन्। विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित बाँकी कार्यालयहरूमा तालाबन्दी गर्ने चेतावनी निर्माण व्यवसायीहरूको छ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हेमराज पन्तले नयाँ रजिस्ट्रार नियुक्त भएपछि छिटो भुक्तानी दिने आश्वासन दिएकाले सात दिनपछि तालाबन्दी गरिने संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताए। विश्वविद्यालयसँग भुक्तानीका लागि पटक–पटक आग्रह गर्दै आएको भएपनि आलटाल गरिएको गुनासो निर्माण व्यवसायीहरूको छ। विश्वविद्यालयले मार्कामा पार्ने काम गरेको अध्यक्ष भट्टले बताए।

विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन, व्यवस्थापन संकाय र इन्जिनियरिङ संकाय भवन निर्माणको भुक्तानी दिन बाँकी छ। विश्वविद्यालयले इन्जिनियरिङ संकाय एमके बिल्डर्सलाई एक करोड २० लाख, केन्द्रीय कार्यालय भवन निर्माणको कुमार अमृत जेभीलाइ एक करोड ४५ लाख र व्यवस्थापन संकाय भवन निर्माण प्रशंसा कन्स्ट्रक्सनलाई एक करोड ४७ लाख भुक्तानी दिन बाँकी छ।

उनीहरूले व्यवसायीलाई चौतर्फी मारमा पार्ने कार्य हुँदै आएको भन्दै चिन्ता व्यक्त गरेका छन्। संघले यस अघि गत साउनमा भुक्तानी नपाएपछि केही सरकारी कार्यालयमा तालाबन्दी गरेको थियो।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...