Skip to main content

धनगढी न्यूज

औषधीय गुण भएको महुवा सङ्कलन सुरु

Advertisement

धनगढीः औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ। कैलालीका स्थानीयले वनमा पाइने महुवा सङ्कलन गर्न थालेका हुन्।

महुवा कैलालीस्थित विभिन्न वनमा पाइने गर्दछ। गाउँघरमा स्थानीयले विशेष गरेर सुगन्धित रक्सी बनाउनका लागि महुवा प्रयोग गर्ने गर्दछन्। होमस्टे लगायतमा यसको खपत बढी हुने गरेको छ। यसैगरी, महुवाको फूलमात्रै खानले स्वास्थ्यलाई फाइदा पनि हुने गरेको स्थानीय बताउँछन्।

रुखबाट महुवा झर्न थालेपछि गाउँघरवासीले बटुल्न थालेको गौरीगङ्गा नगरपालिका–१० नुक्लिपुरका होमस्टे सञ्चालक दिनेश चौधरीले बताए। “महुवा सङ्कलनको काम सुरु भइसकेको छ”, उनले भने, होमस्टेमा आउने धेरैजसो पाहुनाले महुवाको सुगन्धित रक्सीको स्वाद लिन मन पराउने गरेका बताइन्छ। गाउँघरमा पाहुनालाई पनि महुवाको रक्सी दिने चलन रहेको छ।

महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिका रुखको फूल हो। बसन्त ऋतुभरि यसको फूल फुलेर झर्ने गर्दछ। झरेको फूललाई स्थानीयले सङ्कलन गरी सुकाउने र आवश्यक परेको बेला त्यसलाई उपयोग गर्ने गर्दछन्। महुवा सङ्कलनको सिजन सुरु भएपछि वनमा सङ्कलकको चहलपहल बढ्ने गर्दछ। वृद्धवृद्धादेखि लिएर बालबालिकासम्म महुवा सङ्कलन गर्न विहानै वन क्षेत्र पुग्ने गरेका छन्।

महुवा बहुगुणी वृक्ष रहेकाले यसको बारेमा विस्तृत अध्ययन गरेर आर्थिक लाभ लिन आवश्यक रहेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए। उनले बसन्ता वनमा महुवाको धेरै रुख रहेको जनाउँदै त्यसको संरक्षणतिर पनि ध्यान दिन आवश्यक रहेको औंल्याए। थारु समुदायका मानिसले परापूर्व समयदेखि वनको महुवा सङ्कलन गर्ने र रक्सी बनाउने गरेको श्रेष्ठको भनाइ छ।

महुवा एकदमै उपयोगी रुख रहेको बताइन्छ। मौरी पालन र जैविक विविधताका लागि पनि महुवा निकै महत्वपूर्ण मानिन्छ। यसलाई जडिबुटीको रुपमा प्रयोग गर्न सकिने बताइन्छ। वन अधिकृत रामविचारी ठाकुरले गाउँघरमा महुवा रक्सी बनाउनका लागि प्रयोग भइरहेको उल्लेख गरे। उनले तराईका वनमा सबैतिर महुवा पाइने गरेको जनाउँदै भने, “यो गैरकाष्ठ प्रजाति हो। गाउँघरमा महुवाको रक्सी बनाउँछन्। अरु प्रयोगबारे खासै जानकारी छैन।”दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...