Skip to main content

धनगढी न्यूज

नयाँ कार्यसमिति चयन गर्दै इष्टु कैलालीको सातौँ जिल्ला अधिवेशन सम्पन्न

Advertisement

संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) कैलालीको जिल्ला कार्य समिति चयन भएको छ । आज आयोजित सातौँ जिल्ला अधिवेशनबाट शिक्षक इन्द्रमणि अवस्थीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । इष्टु जिल्ला कार्य समिति कैलालीको आयोजनामा सम्पन्न कार्यक्रमवीच लामो समयदेखि शैक्षिक , राजनैतिक , स्वास्थ्य लगायत अन्य क्षेत्रमा योगदान पुगाएका व्यक्तित्वलाई सम्मान समेत गरिएको छ । यसैगरी २०८२ सालको कक्षा ८ को धनगढी नगरस्तरिय परीक्षामा ४.० जिपिए प्राप्त गर्न सफल विद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ ।

सुदुर पश्चिम प्रदेशका प्रदेश सभा सदस्य एवम् पूर्व भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री माननिय प्रकाश देउवा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा विभिन्न विशिष्ट व्यक्तित्वहरुले संस्थागत विद्यालयका शिक्षकहरुको देशकै शैक्षिक क्षेत्रमा बेग्लै पहिचान रहेको तथा संगठित रुपमा अझै उचाइ प्राप्त गर्न सकिने बताउनु भयो । कार्यक्रम सस्थागत विद्यालय शिक्षक युनियनका निवर्तमान केन्द्रीय सदस्य तिर्थराज अवस्थीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम पुष्प ओझाले सञ्चालन गरेका थिए ।


यस्तो छ नयाँ जिल्ला कार्यसमिति
१) इन्द्रमणि अवस्थी – अध्यक्ष
२) खगेन्द्र जोशी – उपाध्यक्ष
३) दिर्घराज उपाध्याय – उपाध्यक्ष
४) पुष्प राज ओझा – सचिव
५) जयराज भट्ट – सह-सचिव
६) तिलक प्रसाद उपाध्याय – कोषाध्यक्ष
७) राधिका खड्का – सदस्य
८) विमला बोहरा  – सदस्य
९) सुलभ थापा – सदस्य

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...