Skip to main content

धनगढी न्यूज

कृषि उत्पादनलाई बजारीकरण गर्दै शुक्लाफाँँटा नगरपालिका

Advertisement

धनगढी: शुक्लाफाँँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका व्यावसायिक खेतीमा संलग्न किसानलाई बजारसँग जोड्न आवश्यक कार्य अगाडि बढाइएको छ।

शुक्लाफाँटा नगरपालिकाले किसानले उत्पादन गरेका तरकारी, अन्न, फलफूल, बेसारलगायतको बजारीकरण गर्न किसानसँग सुझाव सङ्कलन गरेको छ। मध्यवर्ती क्षेत्रअन्तर्गतको शुक्लाफाँटा नगरपालिकाको त्रिशक्ति र सुनदेवी उपभोक्ता समितिको क्षेत्रभित्र पर्ने किसान, तरकारी व्यापारी, एग्रोभेट सञ्चालकलगायतसँग छलफल गरी उत्पादित कृषिजन्य वस्तुको बजारीकरण गर्दा आइपर्ने समस्या पहिचानको काम गरिएको हो।

मध्यवर्ती क्षेत्रको सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले किसानले उत्पादन गरेका तरकारीले बजार मूल्य नपाउँदा खेर गइरहेको बताए। ‘किसानले मेहेनत गरी तरकारी उत्पादन गर्छन्, बजार पाइँदैन मर्कामा छन’, उनले भने।

उनका अनुसार बिना विषादी परीक्षण नगरीकनै भारतीय तरकारी सस्तोमै बजारमा पुग्छ। त्यससँग स्थानीय किसानले प्रतिस्पर्धा गर्न सक्दैनन्, बिक्री हँुदैन। मध्यवर्ती क्षेत्रका किसानका तरकारीलगायत बाली जङ्गली जनावरले खाएर नोक्सानी पुर्याउने भएकाले वैकल्पिक खेतीलाई प्रवद्र्धन गरी बजारीकरण गरिनुपर्ने उनले बताए।

मध्यवर्ती क्षेत्रको नगरपालिकाको वडा नं ६ र ७ का किसानले केही वर्षअघि क्यामाइल र बेसारखेती गरेका थिए। बजार नपाउँदा उक्त खेती किसानले दुई वर्षपछि गर्न छाडेको उनले बताए। शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले  किसान–व्यापारीसँग समन्वय गरी बजार अभाव समस्याको दिगो समाधानका लागि प्रयास भइरहेको बताए।

किसानले उत्पादन गरेका कृषिउपज सहज रूपमा बिक्री गर्न हाटबजारको आवश्यकता रहेको चर्चा गर्नुहँुदै उनले कृषि मन्त्रालयमा हाटबजारस्थलमा भौतिक संरचना निर्माणका लागि आवश्यक बजेटका लागि अश्वासन पाइएको बताए। नगरपालिकाको वडा नं ३ का किसान वसन्ती चौधरीले उत्पादन गरेको तरकारी बिक्री नहँुदा लागत खर्च उठाउन नसकिने अवस्था रहेको बताए।

तरकारी बिक्री नभएपछि खेतबारीमै कुहेर जाने भएकाले धेरैले तरकारी खेतीलाई छाड्न थालेको बताए। नगरपालिकामा हुने मुख्य बाली, चुनौती र कृषिमा महिलाको संलग्नताबारे कृषि शाखाबाट सुझाव लिइएको छ।

पोष्टहारवेष्ट, मूल्य शृङ्खला, बजार मागअनुसारको उत्पादन तथा बजारीकरणको समस्या, बजारको माग, पूर्ति, खरिदकर्ताको प्राथमिकता, बीउबिजन छनोट, गुणस्तरीय बीउ, मल तथा विषादीको प्रयोग, पालिकामा पकेट क्षेत्र निर्माण गर्न उपयुक्त हुने बाली छनोट, बजारीकरण, खरिद बिक्रीसम्बन्धी समस्या लगायतबारे चर्चा गरी किसानलाई जानकारी दिने कार्यसँगै सुझाव लिने काम गरिएको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...