Skip to main content

धनगढी न्यूज

मुम्बईलाई हराउँदै पञ्जाब आईपीएलको पहिलो क्वालिफायरमा

Advertisement

धनगढी  : पन्जाब किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा पुगेको छ। मुम्बई इण्डियन्सलाई गएरुाति ७ विकेटले‌ हराउँदै पञ्जाबले शीर्ष २ मा‌ लिग चरणको अन्त्य गरेको हो।

 

१ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर जित निकालेको हो।

पञ्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक बनाए। प्रियान्सले ३५ बलमा ९ चौका र २ छक्काले ६२ रन बनाए। जोसले ४२ बलमा ९ चौका र ३ छक्काका साथ टोलीका लागि सर्वाधिक ७३ रन जोडे। प्रभासिमरन सिंहले १३ रन बनाए ।

कप्तान श्रेयस एय्यरले १६ बलमा १ चौका र २ छक्कासहित नटआउट २६ रन बनाए। नेहाल बादेराले नटआउट २ रन जोडे।

मुम्बईका मिचेल‌ सान्टनेर २ र जसप्रति बुमराहले १ विकेट लिए।

जयपुरमास्थित सवाइमान सिंह क्रिकेट स्टेडियममा टस जितेर पञ्जाबले फिल्डिङ रोज्यो। पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रनको बनाएको थियो।

मुम्बईका सूर्यकुमार यादवले अर्धशतकको योगदान गरे।सूर्यकुमारले सर्वाधिक ५७ रन जोडे। कप्तान हार्दिक पाण्ड्याले २६ रन बनाए।

ओपनर रायन रिकल्टन २७ तथा अर्का ओपनर रोहित शर्मा २४ रनमा आउट भए। विल ज्याक्स ८ बलमा १७, नमन धिरले १२ बलमा २० आउट भए।

पञ्जाबका मार्को यान्सन, अर्शदिप सिंह र विजयकुमार वैशाखले समान २ तथा हरप्रित ब्रारले १ विकेट लिए।

लिग चरणको अन्तिम खेल आज रोयल च्यालेन्जर्स बैगलुरु आरसिबी र लखनउ सुपर जायन्ट्सबिच हुनेछ।

त्यो खेल जितेमा आरसिबी पहिलो क्वालिफायरमा पुग्नेछ। पराजित भएमा दोस्रो स्थानको गुजरात पहिलो क्वालिफायरमा पुग्नेछ। मुम्बईले एलिमिनेटर खेल्नु पर्नेछ।थाहा खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...