Skip to main content

धनगढी न्यूज

धनगढी-अत्तरिया ६ लेन सडककाे मनहराखाेलामा चार वर्षसम्म पुल बनेन

Advertisement

धनगढी : कैलालीको धनगढी–अत्तरिया छ लेन सडकमा पर्ने मनहराखोलामा पुल निर्माणले गति लिन सकेको छैन । बजेट अभावका कारण पुल निर्माणले गति नलिएको बताइएको छ ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अगाडि निर्माणाधीन पुलको काम ६० प्रतिशत काम पूरा भएको छ ।

चालु आर्थिक वर्षमा पुल निर्माणका लागि पर्याप्त बजेट नआएका कारण निर्माण कार्यले तीव्रता नलिए पनि निर्माण कम्पनीले काम जारी राखेको महाकाली पुल योजना कार्यालयले जानकारी दिएको छ। सो कार्यालयका अनुसार यस आर्थिक वर्षमा पुलका लागि एक करोड ३५ लाख बजेट आएको सबै रकम भुक्तानी दिइसकेको इन्जिनियर सन्तोष चन्दले बताए। उनले अझै एक करोड रुपियाँ रकम भुक्तानी दिन बाँकी रहेको बताए।

आर्थिक वर्ष २०७७/७८ मा यो पुलको ठेक्का सम्झौता भएको थियो । उच्चकोटी/शनिदेव/साजेन्द्रेश्वर जेभीले भ्याटसहित सात करोड ८३ लाख ३२ हजारमा ठेक्का पाएर काम गरिरहेको छ। आगामी भदौ २८ गतेसम्म यो पुलको ठेक्का समायवधि रहेको छ। धनगढी–अत्तरिया छ लेन सडक अन्तर्गत तीन वटा पुल निर्माण भइरहेका छन्। मनहराखोला पुलकै केही दुरीमा सुनीखोलामा बनिरहेको पुलको काम भने लगभग पूरा भएको छ।

आव २०७७/७८ मा ठेक्का पाएर राजेन्द्र निर्माण सेवाले सो पुल निर्माण गरेको छ। आगामी असार १५ सम्म पुल निर्माणको समायवधि रहेको छ। यसै गरी त्रिनगर भन्सारस्थित मोहना नदीमा बनिरहेको पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ।

आव २०७८/७९ मा ठेक्का सम्झौता भई पुल निर्माणको काम अगाडि बढाइएको थियो।

यस पुलका लागि पर्याप्त मात्रामा बजेट आएका कारण काम तदारुकताका साथ अगाडि बढिरहेको महाकाली पुल योजना कार्यालयले जनाएको छ। १३ करोड १७ लाख रुपियाँमा ठेक्का पाएर रायमाझी कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको काम गरिरहेको छ। यस पुलको ठेक्का अवधि गत वैशाख २१ मा सकिएको छ।  दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...