Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिम प्रदेशको बजेट

Advertisement

 उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण योजना समेटिएका छन्।

बजेट कार्यक्रममा निजी तथा पर्यटन बोर्डको सहकार्यमा कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र निर्माण अगाडि बढाइने उल्लेख छ। पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न शुक्लाफाँटा–खप्तड पदयात्रा निर्माण, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण, पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको कार्यसँगै महाकाली करिडोरअन्तर्गत ब्रम्हदेव–झुलाघाट–तुसारपानी खण्डको स्तोरन्नति गरिने बजेटमा भनिएको छ।

पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको लागि २१ अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरुपश्चिम प्रदेशका मध्ये तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मूल्यका बालीको खेती प्रवद्र्धन गर्न ८३ करोड बजेट विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षभित्र लगत सङ्कलन र प्रमाणीकरण गरी पाँच लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा उपलव्ध गराइने छ। पर्यटन प्रवद्र्धन गर्न प्रदेशको शुक्लाफाटा, खप्तड रामारोशन, बुढीनन्दामा पदामर्ग विकास गरिने अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट कार्यक्रममा छ।

डडेल्धुराको अजयमेरु विमानस्थलको विस्तृत प्रतिवेदन तयार गर्न बजेट विनियोजन गरिएको छ। कैलालीको गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने छ। डडेल्धुरामा निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेजको पूर्वाधार निर्माणको कार्य अगाडि बढाइने छ। कैलाली कञ्चनपुरलगायत जिल्लामा बसोवास रहेको थारु समुदायका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनेमिया रोगको निदान तथा उपचारका लागि नवीनतम प्रविधि अवलम्बन गरिने छ।

कैलालीको धनगढीस्थित फाप्ला  क्रिकेट स्टेडियम निर्माणको कार्य अगाडि बढाइने भएको छ। दोधारा–बरेली ४००केभी क्षमताको राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइनको निर्माण अगाडि बढाइने भएको छ। चमेलिया–जौलजीबी २२० केभी प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण सुरु गरिने भएको छ।कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया आयोजनाबाट उत्पादन हुने विद्युत् बिक्री गरी प्राप्त हुने रकम नेपाल सरकारको सञ्चित कोषमा दाखिला गरिने बजेट कार्यक्रममा उल्लेख छ। रानी जमरा कुलरिया आयोजना र महाकाली सिँचाइ आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गरिने छन्।

कञ्चनपुर कैलालीलगायत जिल्लामा निर्माणाधीन रहेको हुलाकी राजमार्गको निर्माण दुई वर्षभित्र सम्पन्न गरिने छ। पूर्वपश्चिम राजमार्गदेखि जिल्ला सदरमुकाम जोडने मोहनापुल–अत्तरिया सडकमा व्यापारिक मार्गको निर्माण कार्य सम्पन्न गरिने छ। डडेल्धुराको रुपालसम्मको बस्ती र बजारलाई जोडन मदन भण्डारी राजमार्ग निर्माणका लागि दुई अर्ब ५१ करोड बजेट विनियोजन गरिएको छ। अत्तरिया–खोडपे–दार्चुला सडकखण्डको विस्तृत अध्ययन सम्पन्न गरी ‘डिडिकेटेड डवल लेन’ मा स्तरोन्नति सुरु गरिने छ।

महाकाली करिडोरअन्तर्गत ब्रम्हदेव–झुलाघाट–तुसारपानी सडकखण्डको स्तरोन्नति गर्न र तुसारपानी–टिंकर सडकखण्डको ट्रयाक खोल्न आवश्यक बजेट विनियोजन गरिएको छ। रणनीतिक तथा व्यापारिक महत्वका खुटिया–दिपायल लगायतका सडकको स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरिएको छ। दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...