Skip to main content

धनगढी न्यूज

एसपिए कलेजद्धारा धनगढीमा निःशुल्क करिअर परामर्श

Advertisement

सुदूर पश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको एसपिए कलेजले भोलि शुक्रबार एसईई परीक्षामा दिएका विद्यार्थीहरुलाई निशुल्क शैक्षिक परामर्श कार्यक्रम आयोजना गर्ने भएको छ ।

अहिलेको पुस्ताले उचित मार्ग निर्देशनको अभावमा आफ्नो शैक्षिक भविष्यलाई सही दिशा दिन नसकिरहेको परिप्रेक्ष्यमा क्याम्पसले उक्त विशाल सत्रको आयोजना गर्न लागेको हो ।

एसईई परीक्षा सकेर नतिजाको पर्खाइमा रहेका धनगढी तथा आसपासका क्षेत्रबाट भोलिको सत्रमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहने क्याम्पसका सहायक क्याम्पस प्रमुख रघुनाथ जोशीले बताउनु भयो ।

उक्त सत्रको प्रमुख आकर्षण तथा वक्ताको रुपमा राष्टिय रुपमा ख्यातिप्राप्त कमेडियन , कलाकार , टिभी प्रस्तोता एवम् प्रेरणादायक वक्ता सन्दीप क्षेत्री रहनेछन् । देश तथा विदेशमा विभिन्न रुपमा आफ्नो प्रेरक प्रस्तुती दिइसक्नु भएका क्षेत्री आफैमा एक बहुमुखी प्रतिभा हुन् ।

धनगढीस्थित ओम प्यालेसको सभाहलमा यही जेठ ३० गते शुक्रबार बिहान आठ बजेबाट उक्त कार्यक्रम सञ्चालन गरिने क्याम्पसले जनाएको छ । एसईई दिएर बसेका सबै विद्यार्थीले निशुल्क रुपमा उक्त महत्वपुर्ण सत्रमा आफ्नो सहभागिता जनाउन सक्नेछन् ।

यसले विद्यार्थीहरुलाई एसईई परीक्षापछि उच्च शैक्षिक यात्रा एवम् गन्तव्य तय गर्न टेवा पुग्ने लक्ष्य आयोजकको रहेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...