Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिम सरकारको बजेट पेस पर्ने समय सारियो

Advertisement

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले बजेट पेस गर्ने समय सारेको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आज ५ बजेको प्रदेश सभाको बैठकमा पेस गर्ने कार्यसूची रहेको थियो।तर, प्रदेश सरकारले आन्तरिक तयार पूरा नभएको भन्दै आइतवार साँझ ७ बजेको प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्ने सचिवालयले बताएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको दल नेपाली काँग्रेस र एमालेका मन्त्रीहरूको बिचमा नै बजेटको आकार र योजनाका विषयमा असमझदारी उत्पन्न भएको हो। मुख्यमन्त्री शाह, आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबिच शनिवार रातभर र आइतवार बिहानसम्म पनि बजेटको रकम तथा योजना खिचातानी चलेको छ।

प्रदेश नीति तथा योजना आयोगले २४ अर्बको बजेट सिलिङ निर्धारण गरेको थियो। तर, खिचातानीपछि ३१ अर्ब ४७ करोडको बजेट आउन लागेको आर्थिक मामिला मन्त्रालयले बताएको छ। सुदूरपश्चिम सरकारले २९ देखि ३० अर्बको बीचमा बजेट आउने बताउदै आएको थियो। आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल र मुख्यमन्त्री कमलबहादुर शाहबीच शनिवार राति बजेट तथा कार्यक्रम खिचातानी भएपछि समस्या भएको मन्त्रालयले बताएको छ।

पाल एमालेबाट प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकास मन्त्री हुन् भने आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा र मुख्यमन्त्री काँग्रेसका हुन्।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...