Skip to main content

धनगढी न्यूज

मेयर र उपमेयरका समर्थक आमनेसामने हुँदा धरान उपमहानगरको कार्यालय परिसर तनावग्रस्त

Advertisement

मेयर हर्क साम्पाङका समर्थक र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थकहरू आमनेसामने हुँदा अहिले धरान उपमहानगरको कार्यालय परिसर तनावग्रस्त बनेको छ।

धरान–१७ का वडाध्यक्षसमेत रहेका उपमहानगरका प्रवक्ता सूर्य भट्टराईले दिएको जानकारी अनुसार मेयरका समर्थकहरूले उपमेयरमाथि हुलहुज्ज्त गर्न खोजेका थिए। लगत्तै उपमेयर बेघाका समर्थक माओवादी कार्यकर्ताहरू पनि उपमहानगर परिसरमा भेला भएका थिए। दुबै समूह ठूलो संख्यामा कार्यालयमा भेला भएर नाराबाजीसमेत गरिरहेको छ। ‘हर्क साम्पाङका समर्थकहरू खुकुरीसहित आएर उपमेयरमाथि हमला गर्ने प्रयासमा लाग्दा हाम्रा समर्थकहरू पनि आउने नै भए,’ प्रवक्ता भट्टराईले भने, ‘अहिले मेयरले निम्त्याएको अराजकताले नगर परिसर तनावग्रस्त छ।’

उपमहानगरमा सोमबारदेखि नै यस्तो भइरहेको थियो। नयाँ बजेटको सिलिङ निर्धारणका लागि सोमबार बैठक चलिरहेका बेला मेयर साम्पाङका समर्थकहरु ठूलो संख्यामा नगरमा आएका थिए। उनीहरूले सोमबार पनि उपमेयरमाथि हातपात प्रयास गरेका थिए।

यो तनावको मुख्य कारण बनेको छ, धरान-१६ को बहुभाषिक पाठशालामा निर्माण भएको ग्याबिन जाली।विद्यालयको सुरक्षाका लागि भन्दै मेयर साम्पाङको नेतृत्वमा केही महिना अघि नै श्रमदान अभियानबाट त्यहाँ जाली हालिएको थियो। तर, काम सकिएको धेरै पछि मेयर साम्पाङले योजनाको रि–इस्टिमेट गराएर, धरान १६ बाहिरका मान्छे राखेर उपभोक्ता समिति बनाएर नगरमा बिल पेस गरेका थिए।

श्रमदानबाट पहिल्यै भइसकेको काममा नगरबाट भुक्तानी गर्न नमिल्ने भनेर उपमेयरले अडान लिएपछि मेयर साम्पाङ रुष्ट बनेका थिए।

त्यसपछि उपमेयरले श्रमदानको पैसा भुक्तानी रोकेको भन्दै मेयरले आफ्ना समर्थकहरूलाई नगरमा आउन सर्वाजनिक आह्वान गरेका थिए।धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले मेयर साम्पाङले आफू नजिकका मान्छेलाई उपभोक्ता समितिमा राखेर नगरबाट पैसा भुक्तानी गराउन खोजेको बताएका छन्।

वडाध्यक्ष भट्टराईका अनुसार धरान १६ को पाठशालाका लागि धरान-१४ का प्रसाद राईको संयोजकत्वमा उपभोक्ता समिति बनाइएको र उनी मेयरका समर्थक हुन्। मेयर साम्पाङले भने सर्दु खोलाको बाढीले हानी गर्ने भएकाले उपभोक्ता समिति जहाँको बनाए पनि हुने, खोला कुनै वडामा नपर्ने बताउँदै आएका छन्।

श्रमदानका लागि भेला भएका श्रमदाताहरूले मजदुरका रुपमा डोर हाजिरीसमेत गरेको भेटिएपछि उपमेयरले अनुमगन गर्न अस्वीकार गर्दै रकम भुक्तानी रोकेका थिए।‘श्रमदानबाट पहिल्यै भइसकेको काममा पछि समिति बनाएर बिल र फाइल पेस गरेर नगरबाट भुक्तानी खोज्नु अनियमित र कानुनविपरित हो। मैले यसको भुक्तानी हुँदैन भनेर भनेको छु,’ उपमेयर बेघाले भने, ‘मेयरले त्यसैको बदला लिन यो सबै गरिरहनु भएको छ।’

मेयर साम्पाङ भने श्रमदानको पनि भुक्तानी नगरबाट हुने भन्दै अडान लिइरहेका छन्।‘धरानको लिडर म हो, धरान कसरी चलाउने त्यो मैले जान्ने कुरा हो,’ मंगलबार बिहान पत्रकार सम्मेलन गरेर उनले भने, ‘म जनताको आदेशबाट काम गर्छु। जनताभन्दा ठूलो कोही हुन्न।’सेतोपती बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...