Skip to main content

धनगढी न्यूज

एसपीएको प्रवेश परीक्षामा उल्लेख्य उपस्थिति , टाढा रहेका तथा छुटेका विद्यार्थीका लागि दोस्रो परीक्षा हुने

Advertisement

धनगढीस्थित सुदूर पश्चिमाञ्चल मा.वि. (एसपिए कलेज) मा आज कक्षा ११ का लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । विगत २७ वर्षदेखि अनवरत रुपमा विभिन्न संकायमा शिक्षा प्रदान गर्दै आएको सुदूर पश्चिमाञ्चल एकेडेमीमा आज कैलाली कञ्चनपुर लगायत सुदूर पश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाबाट समेत विद्यार्थीहरु प्रवेश परीक्षामा सहभागी भएका थिए ।

हरेक वर्ष उत्कृष्ट नतिजा प्रदान गर्दै आएको यस एकेडेमीमा विद्यार्थीले शिक्षासँगै खेलकुद तथा विविध अतिरिक्त क्रियाकलाप मार्फत आफ्नो क्षमतालाई निर्खान सक्ने वातावरण रहेको कलेजका सहायक क्याम्पस प्रमुख रघुनाथ जोशीले बताउनुभयो । क्याम्पसमा विज्ञान , व्यवस्थापन , कम्प्युटर विज्ञान , होटल व्यवस्थापन , मानविकी , शिक्षा , कानून लगायतका विषयको अध्ययन हुँदै आएको छ ।

यथेष्ट भौतिक पूर्वाधार , एसी , स्मार्टबोर्ड , इन्टरनेट लगायत प्रविधिमैत्री तथा सुविधासम्पन्न कक्षाकोठामा विद्यार्थीका लागि स्मार्ट तवरले शिक्षा प्रदान गरिदै आएको क्याम्पसले जनाएको छ । विश्वविद्यालय अन्र्तगतका विभिन्न स्नातक तथा स्नाकोत्तर तहमा अध्यापन गर्ने अनुभवी तथा दक्ष प्राध्यापकहरुले कक्षा ११ र १२ मा समेत अध्यापन गर्ने हुँदा शैक्षिक गुणस्तरमा कुनै कमी नरहेको सहायक क्याम्पस प्रमुख जोशीले जनाउनुभयो ।

पहिलो चरणको प्रवेश परीक्षामा सामेल हुनबाट वन्चित तथा सु.प.का पहाडी जिल्लाका अभिभावक एवम् विद्यार्थीको अनुरोधलाई मध्यनजर गर्दै क्याम्पसले सीमित सिटका लागि मौका प्रदान गरेको भर्ना संयोजक समेत रहनुभएका क्याम्पसका प्रमुख प्रशासकीय अधिकृत प्रकाश बलायरले बताउनु भयो । यसैवीच एसपिए कलेजले यही आउँदो श्रावण १० गते शनिवार बिहान ८ बजे दोस्रो चरणको प्रवेश परीक्षाको मिति समेत तय गरेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...