Skip to main content

धनगढी न्यूज

त्रि.वि.ले BIM कार्यक्रमलाई अब BITM कार्यक्रमको रुपमा अगाडि बढाउने

Advertisement

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित BIM कार्यक्रमलाई परिवर्तन गरी BITM(Bachelor of Information Technology Management) को रुपमा अगाडि बढाइने भएको छ । व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन हुँदै आएको कार्यक्रममा समयानुसार केही परिवर्तन गर्दै यसै शैक्षिक सत्र २०८२०८३ देखि लागु हुने गरी यसको नाम BITM राखिएको हो ।

व्यवस्थापन संकाय अन्तर्गत राखिएको भएतापनि यसमा प्रत्येक सेमेष्टरमा व्यवस्थापन तथा आइटीका बराबर विषयहरु रहेका छन् । त्यसको अलावा विद्यार्थीहरुलाई कम्प्युटरका विभिन्न प्रयोगात्मक ज्ञान , सीप तथा प्रोजक्टमा आधारित शिक्षणसिकाइ पनि पाठ्यक्रमले निर्दिष्ट गरेको छ । साथै , अन्तिम वर्षमा विद्यार्थीहरुलाई प्रतिपर्धात्मक बजारको व्यवहारिक ज्ञान प्रदान गर्ने हेतुले इन्टर्नसीपको पनि व्यवस्था गरिएको छ । त्रि.वि. अन्तर्गत संचालित उक्त BITM कार्यक्रममा प्रति सेक्सन ३३ जना विद्यार्थी भर्ना लिन पाउने व्यवस्था समेत गरिेएको डिन कार्यालयले जनाएको छ ।

May be a graphic of text that says 'SC SPA GOLLIIO SUDUR PASCHIMANCHAL CAMPUS aBblTecи, CREATING GLOBAL OPPORTUNITIES FOR YOUNG MINDS PRE-REGISTRATION OPEN BITM BACHELOR OF INFORMATION TECHNOLOGY MANAGEMENT For Bachelor Level 2082 囍 QUOTA: 33 ONLY Only College to offer BITM in Sudurpaschim ٣ Focuses on Practical Skills Creativity & Innovation Job Placement Assistance Career Growth Opportunities For more details: Mr. Dharma Raj Bhatta (BITM HOD): 9858420004, 9825649471 Sudur Paschimanchal Campus Santoshi Tole-2, Dhangadhi, Nepal Tel: 091-525785, 520392, 523192 www.spa.edu.np www. f www.facebook.com/spacollege/'
के हो BITM कार्यक्रम ?

BITM कार्यक्रम व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित व्यवस्थापन तथा आइटी मिश्रित चार वर्षे स्नातक कार्यक्रम हो । परिमार्जित पाठ्यक्रम अनुसार यस कार्यक्रममा विश्वबजार सुहाउँदो आइटीका विषयहरु रहेका छन् । विभिन्न सेमेष्टरमा विद्यार्थीहरुले बढ्दो माग भएका आइटीका क्षेत्रहरु जस्तै प्रोग्रामिङ , डाटाबेस , नेटवर्किङ , एआई आदि विषयको रुपमा अध्ययन गर्न पाउनेछन् ।

प्रोजेक्ट , इन्टर्नसीप आदि पनि पाठ्यक्रममै समाविष्ट भएको कारण पनि यस कोर्षमा विद्यार्थीको बढ्दो आकर्षण रहेको छ । यो कोर्ष लिएपश्चात् आइटी तथा व्यवस्थापनका विभिन्न क्षेत्रमा जान सकिनेछ । यो कोर्षमा जुनसुकै संकायबाट पनि कक्षा १२ पास गरेका विद्यार्थीले भर्ना हुन सक्ने पनि डिन कार्यालयबाट जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...