Skip to main content

धनगढी न्यूज

प्रधानमन्त्रीले गरे मधेसका सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन (तस्बिरहरू)

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गरेका छन्।

उनले आज बारा र महोत्तरीका सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गरेका हुन्।

देशव्यापी मनसुनी वायुको प्रभाव कमजोर हुँदा पर्याप्त वर्षा भएको छैन। मधेसमा त झन् वर्षा भएको छैन। पानी नपरेकाले मधेसमा ४० प्रतिशत पनि रोपाइँ भएको छैन। रोपाइँ नहुँदा धानको उत्पादन घट्ने विज्ञहरूले बताएका छन्।

सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र पनि घोषणा गरेको छ।

प्रधानमन्त्रीले आजै दिउँसो १:४० बजे जनकपुर-कुर्था-सम्सी सडक खण्डको रौजा स्थित रातुखोला पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस्तै दिउँसो २ बजे बाराको परवानीपुर गाउँपालिकाको नवर्मित प्रशासकीय भवन उद्घाटन गर्नेछन् भने दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ।सेतो पाटी बाट साभार

sukka-chhetra-(5)-1753427778.jpg

sukka-chhetra-(3)-1753427777.jpg

sukka-chhetra-(4)-1753427777.jpg

sukka-chhetra-(1)-1753427776.jpg

sukka-chhetra-(2)-1753427776.jpg

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...