Skip to main content

धनगढी न्यूज

नक्कली लालपुर्जा बनाएको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ

Advertisement

नक्कली लालपुर्जा प्रकरणमा बुटवल मालपोत कार्यालयका अधिकृत पक्राउ परेका छन्।

सरकारी छापको दुरुपयोग गर्दै अर्कै व्यक्तिको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा निकालेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार नक्कली लालपुर्जा प्रकरणमा अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवट र तिलोत्तमाकी रञ्जना थापा पनि पक्राउ परेकी छन्।

उनीहरूलाई सरकारी छापको दुरुपयोग र नक्कली लालपुर्जा बनाइदिएको अभियोगमा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए। उक्त प्रकरणमा संलग्न अन्य मालपोत कर्मचारी विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको बताइएको छ।

पक्राउ परेका र पक्राउ पुर्जी जारी भएकाहरूले घुस रकम लिएर सरकारी र कतिपय अन्य व्यक्तिको जग्गाको समेत नक्कली लालपुर्जा बनाइ बिक्री वितरण गर्ने र सोही लालपुर्जा धितो राखेर सहकारी संस्थाबाट ऋण निकालेको स्रोतको दाबी छ।

अर्यालले तिलोत्तमाको मणिग्राम चोकदेखि पश्चिम हरपुरमा रहेको कित्ता नं. १५७ को नक्कली लालपुर्जा निकालेको प्रहरीको भनाइ छ। स्थानीयवासीको अनुसार हरपुर तत्कालीन आनन्दवन गाविसको सबैभन्दा पुरानो गाउँ ब्लकको बस्ती हो।

मणिग्राममा बस्ती बस्नुअघि २०२२ सालतिर पहाडका विभिन्न जिल्लाबाट आएर थारू समुदायका जमिनदारसँग जग्गा खरिद गरेर बस्नेहरूले उक्त बस्ती बसाएका थिए।

१५७ नम्बरको उक्त कित्तालाई २०७१ सालमा फोडेर जग्गाको जोत भोग गर्दै आएका परिवारका नाममा कायम गरी १, २, ३, ४ गर्दै क्रमशः १५ सम्म कित्ता कायम गरिएको थियो।

तिलोत्तमा नगरपालिका –६ का वडा अध्यक्ष गणेश पाठकका अनुसार मालपोत कार्यालय बुटवलको अभिलेखमा १५७ नम्बरको कित्तालाई फोड गरेर १४ वटा कित्ता बनाई २०७१ सालमा राम थापाको कश्यप नमुना रोडा उद्योग, दिनकुमारी न्यौपाने, माया नेपाल, मिना नेपाल, उत्तम प्रधान, गोविन्दप्रसाद खराल, भीमबहादुर राना, कृष्णबहादुर अर्याल क्षेत्री, अम्मरकुमारी रायमाझी, कृष्णप्रसाद ज्ञवाली, फूलमाया धरेल, टेकराज अर्याल र लक्ष्मीदेवी अर्यालको नाममा कायम गरिएको थियो।

तर २०७८ साल फागुन ६ गतेको मितिमा यो पूरै १७ कट्ठा जग्गाको सिङ्गो लालपुर्जा ग्रिनल्याण्ड विल्डर्सको नाममा बनाइदिएका थिए।

कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता नं ३४००८/२०७६/०७७ रहेको ग्रिनल्याण्ड विल्डर्स तिलोत्तमा ७ भलवारिका काशी घिमिरेले दर्ता गरेका थिए। घिमिरेले नवलपरासीको बर्दघाटका भीमलाल भण्डारीलाई ५ करोड रुपैयाँमा १७ कट्ठा जग्गाको नक्कली लालपुर्जा सहित ग्रिनल्याण्ड विल्डर्स बिक्री गरे।

नक्कली लालपुर्जा बनाएर भण्डारीलाई ५ करोड रुपैयाँमा बिक्री गरेको १७ कट्ठा जग्गाको धितो राखेर घिमिरेले काठमाडौंको काँडा घारीमा रहेको सहकाली सहकारीबाट २०७८ साल फागुन २२ गते २ करोड ७० लाख ऋण समेत निकालेका थिए।

घिमिरेले सहकारीबाट ऋण लिँदा तिलोत्तमा नगरपालिका वडा नं. ६ बाट चार किल्ला प्रमाणितको कागज र मालपोत कार्यालय बुटवलबाट जग्गा रोक्काको पत्रसमेत बनाएर पेस गरेका थिए।

मालपोत कार्यालयले जग्गा रोक्का गरी दिएको पत्रमा मालपोत अधिकृतको नाम उल्लेख नगरी हस्ताक्षर र सरकारी छाप मात्र लगाइएको थियो। मालपोत कार्यालयमा जग्गा रोक्का राखिएको कुनै अभिलेख समेत राखिएको थिएन।

घिमिरे रुपन्देहीका अधिकांश जग्गाको नक्कली लालपुर्जा बनाउने र बेचबिखन गर्ने काममा सक्रिय रहेको भन्दै अनुसन्धान अघि बढाउन मालपोत कार्यालय बुटवलले प्रहरी र अख्तियार दुरुपयोग आयोगसम्मलाई पत्राचार गरेको थियो।

सोही पत्राचार पछि सुरु गरिएको अनुसन्धानमा नक्कली लालपुर्जा बनाउने काममा मालपोत कार्यालयका अधिकृत अर्याल समेतको संलग्नता देखिएको भन्दै पक्राउ पुर्जी जारी गरिएको थियो।सेतो पाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...