Skip to main content

धनगढी न्यूज

मीनकृष्ण महर्जन भन्छन् : मुख्यमन्त्री लामाले नैतिकताको आधारमा दलको नेताबाट राजीनामा दिनुपर्छ

Advertisement

हेटौँडा । बागमती प्रदेश सरकारमा सत्तारुढ दल नेपाली कांग्रेसभित्रको विवाद चुलिँदै गएको छ । प्रदेशसभामा कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँको पक्षमा समर्थन जनाउँदै पदबाट राजीनामा दिएका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले २०५६ सालमा कृष्णप्रसाद भट्टराईको प्रसङ्ग स्मरण गराउँदै मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुपर्ने बताएका हुन् ।

कांग्रेस संसदीय दलको नेता परिवर्तनको पक्षमा उभिएर मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर गरेका उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् ।

मुख्यमन्त्री लामालाई दलको नेताबाट हटाउन हस्ताक्षर गरेका उनले शुक्रबार दिउँसो मन्त्री पदबाट राजीनामा दिएर ह्वाट्स एपबाट राजीनामा पत्र पठाएका थिए भने मुख्यमन्त्री लामाले उनलाई पदबाट मुक्त गरेका थिए । मुख्यमन्त्री लामाविरुद्ध उत्रिएका उनले संसदीय दलको नेतृत्व कमजोर भएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए भने मुख्यमन्त्री लामा माथि आवश्यक कदम चाल्न समेत दबाब सिर्जना गर्दै आएका थिए ।

‘२०५६ सालको संसदीय निर्वाचनपछि कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री हुनु भएको ११ महिनापछि उहाँलाई  कांग्रेसकै सांसदहरूले बहुमत सांसदसहित अविश्वास प्रस्ताव दर्ता भयो र किसुनजीले नैतिकताको आधारमा राजीनामा दिनुभयो । अब मुख्यमन्त्रीले पनि राजीनामा  दिएर मार्ग प्रशस्त गर्नुपर्छ’ उनले भनेका छन् ।

शुक्रबार दिउँसो कांग्रेस बागमती प्रदेश सभापति बानियाँलाई संसदीय दलको नेता बनाउन माग गर्दै २१ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री लामाविरुद्ध दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्ताव दर्ता भएपश्चात् मुख्यमन्त्री लामाले निर्वाचन प्रक्रियाबाट दलको नेता चुनिएकाले तत्काल राजीनामा दिने अवस्था नरहेको र अविश्वास प्रस्ताव फेस गरेर अघि बढ्ने बताएका छन् ।रातो पाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...