Skip to main content

धनगढी न्यूज

चक्रे मिलन समूहलाई कुन मुद्दा चल्छ ?

Advertisement

१६ साउन, काठमाडौं । विगतमा गुन्डागर्दीमा संलग्न भएको आरोप लागेका चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जनालाई कुन कसुरमा मुद्दा चलाउने भन्नेबारे प्रहरीले परामर्श सुरु गरेको छ ।

पक्राउ परेका ४७ जनाका बारेमा अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कुन मुद्दा चलाउने भन्नेबारे छलफल सुरु भएको छ ।

रानीपोखरीका एआईजी टेकबहादुर तामाङले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीलाई बोलाएर यसबारे गृहकार्य सुरु गरेका छन् ।

त्यसपछि मात्रै के मुद्दा चल्ने भन्ने यकिन हुने परिसरका एक अधिकारीले बताए ।

‘अहिले एआईजी कार्यालयमा यसबारे छलफल भइरहेको छ । त्यसपछि मात्रै कुन कसुरमा मुद्दा चलाउने भन्ने यकिन हुन्छ,’ ती अधिकारीले भने ।

पक्राउ परेका मध्ये उनीहरुको भूमिका र संलग्नता हेरेर मुद्दा चलाइने प्रहरीले बताएको छ । गत १३ माघमा अपराध अनुसन्धान कार्यालयले सामजलाई आतंकित पार्दै केक काटेको आरोपमा ७ जनालाई पक्राउ गरेको थियो ।

उनीहरूलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको थियो । त्यति उनीहरु मुद्दै नचली छुटेका थिए । सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरू रिहा भएका थिए ।

बिहीबार राति महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडमा रहेको होटल साम्बालाबाट चक्रेसहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको एउटा गाडीबाट २ थान खुकुरी बरामद भएको छ । साथै केही थान रडहरु पनि बरामद भएका छन् ।

गाडीको लावालस्करसहित बाटो समेत अवरुद्ध गरेर चक्रेलाई स्कर्टिङ गरेको भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निगरानी बढाएको थियो ।

त्यसपछि बिहीबार राति अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भद्रकालीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

चक्रेसहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । अहिले उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...