Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिमका भौतिक मन्त्री पालद्धारा जलस्रोत,सिंचाइ भवनको उद्घाटन

Advertisement

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन्।

धनगढी।सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन्।मन्त्री पालले शुक्रबार प्रदेश सरकार अन्तरगत रहेको पथरैया मोहना सिंचाइ व्यवस्थापन कार्यालय कैलाली र भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय धनगढीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै निरीक्षण समेत गरेका छन्।


दुबै कार्यालयका भवन शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले गत आर्थिक वर्षको वार्षिक योजनाअनुसार ठेक्का प्रक्रिया मार्फत निर्माण गरेको थियो। शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख डम्बर धितालले एउटा कार्यालयको एक करोड ९२ लाख ६० हजार बराबरको लागत स्टमेट रहेकोमा ठेक्का प्रक्रिया मार्फत एक वर्षमै निर्माण सम्पन्न गरिएको बताए।उनकाअनुसार पथरैया मोहना सिंचाइ व्यवस्थापन कार्यालयको भवन निर्माणका लागि एक करोड १२ लाख १४ हजारमा ठेक्का सम्झौता भएको थियो। १६ बैशाख २०८१ म सम्झौता भएको उक्त भवन निर्माण व्यवसायीले सम्पन्न गरेर गत बैशाखमा कार्यालयलाई हस्तान्तरण गरेका थिए।

यस्तै, भूमिगत जलस्रोत तथा सिंचाइ व्यवस्थापन कार्यालयको भवन पनि एक करोड १२ लाखमै सम्झौता गरिएको थियो। उक्त भवन पनि निर्माण व्यवसायीले निर्धारित समयमै सम्पन्न गरेको हस्तान्तरण गरेका थिए। भवनको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले दुवै कार्यालय भवन जीर्ण अवस्थामा रहेकाले आवश्यकता महसुस गरेर प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए।

उनले कार्यालय व्यवस्थित नभएसम्म प्रभावकारी रुपमा कार्य सम्पादन गर्न समेत असहज हुने भएकाले अब भने भूमिगत जलस्रोत तथा सिंचाइ व्यवस्थापन कार्यालय र पथरैया मोहना सिंचाइ व्यवस्थापन कार्यालयलाई सहजता मिल्ने बताए।हज र प्रभावकारी सेवा प्रवाहका लागि कार्यालय व्यवस्थापन प्रमुख कुरा भएको उनको भनाई थियो। कतिपय निर्माण व्यवसायीले ठेक्का लिने तर समयमै काम नगर्ने प्रवृत्तिकाबीच कम बजेटमा समयमै राम्रो काम गरेर भवन हस्तान्तरण गरेको निर्माण व्यवसायीलाई समेत धन्यवाद दिएका छन्।भूमिगत जलस्रोत तथा सिंचाइ व्यवस्थापन कार्यालयको भवन उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँदको समेत सहभागिता रहेको थियो।  कार्यक्रममा मन्त्रीसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टको समेत सहभागिता रहेको थियो। धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...