Skip to main content

धनगढी न्यूज

धनगढीको शिवगंगामा आठ वर्षसम्म पुल बनेन, जनतालाई सास्ती

Advertisement

धनगढी : कैलालीको धनगढीमा सम्झौताको आठ वर्षसम्म पुलको जगको काम पनि पूरा भएको छैन।

धनगढी उपमहानगरपालिका–१७ पथरी र वडा नम्बर १६ रामपुर जोड्ने पक्की पुल निर्माणको काम अलपत्र पारिएको हो।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरले २०७४ असार २७ गते पुल निर्माणको सम्झौता गरेको थियो। धनगढीबाट बेहडाबाबा मन्दिर जाने मुख्य सडकको शिवगंगामा पुल निर्माणका लागि सम्झौता भएको आठ वर्ष हुँदा पनि जग निर्माणको कामसमेत पूरा भएको छैन। पुल निर्माणको काम पूरा नभएकाले नागरिकले सास्ती पाउँदै आएका छन्। कैलालीको गेटाका विनोद चौधरी भने, “बेहडाबाबा मन्दिरबाट धनगढी फर्किदा समस्या छ। बाढीले गर्दा समस्या हुने गरेको छ। दुःख छ। धेरै पानी हुन्छ। ठेक्का भएको धेरै भयो, काम भएको छैन। बाढी बढी भयो भने, डल्लफ पनि चल्दैन।”

कुल १४ करोड २६ लाख रुपैयाँमा तीन वर्षभित्र काम सक्ने गरी सडक डिभिजन कार्यालय, महेन्द्रनगर र पप्पु एड्भेन्चर जेभीबिच २०७४ असार २७ गते ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले आठ वर्षसम्म पुलको काम अलपत्र पारेको छ। पथरीका एक स्थानीयले भने, “ठेकेदारको कमजोरी हो की ? स्थानीय सरकारको कमजोरी हो ? खुटिया र यहाँ सँधै ठेक्का भएको हो।”

धनगढीको मुख्य बजारबाट कैलाली बहुमुखी क्याम्पस, जाखोर ताल हुँदै खुटिया नदी तरेर पथरी पुगिन्छ। पथरीपारि वडा नम्बर १६ का बस्ती र प्रसिद्ध बेहडाबाबा मन्दिर छन्। खुटिया नदी र शिवगंगामा एकै पटक पुल निर्माणका लागि शिलान्यास भएको थियो। खुटिया नदीमा पुल निर्माणको काम पूरा भएपनि शिवगंगामा रोकिएको हो। धनगढीका स्थानीय उद्धव भटराईले परराष्ट्र मन्त्रीको निर्वाचन क्षेत्रको पुल आठ वर्षसम्म पूरा नभएको बताए। उनले भने, “खुटिया नदीको पुल सुचारु भएको छ। यो पुलको जगको काम पनि पूरा भएको छैन। रमेश धामीले पनि दबाब दिनु भएको थियो। परराष्ट्र मन्त्री ज्यू पनि यही क्षेत्रको हुनुहुन्छ। तर, एक पुलको काम अलपत्र छ। यो पुल अलपत्र हुनु दुर्भाग्य हो।” स्थानीयले पुलको जग खन्ने र पुरिने काम मात्र हुँदै आएको बताएका छन्।

शिवगंगा नदीमा पुल बनाउन सङ्घीय सरकारले बजेट छुट्याएर ठेक्का लगाइको आठ वर्ष भएको छ। पुल निर्माण नभएकाले हिउँदको समयमा उपमहानगरपालिकाले ह्यूम्पाइपमार्फत सवारी सञ्चालनका लागि सडक निर्माण गर्दै आएको छ। तर, बर्सात सुरु भएसँग स्थानीयले नदी तर्न सक्ने अवस्था छैन्। नदीमा मोटरसाइकल र साइकल तराएको शुःल्क तिर्नुपर्ने बाध्यता रहेको छ। शिवगंगामा बाढी हुने भएकाले मोटरसाइकल, साइकल र मान्छेहरू डल्लफमै राखेर तारिने काम हुँदै आएको हो। मोटरसाइकलसहित एक जना मान्छे तारेको सय रुपैयाँ लिन्छन्। धनगढी उपमहानगरका–१७ का वडाध्यक्ष माधवराज रानाले खुटिया र शिवगंगा पुलको एकै पटक शिलान्यास भएको बताएका थिए। शिवगंगामा पायल बनेपछि पुल निर्माणको काम रोकिएको छ। तर, निर्माण कम्पनीले झण्डै आधा भुक्तानी लिएको छ।

ठेक्का सम्झौताअनुसार २०७७ असार २५ गतेभित्र काम सकिनुपर्ने हो। सडक डिभिजन कार्यालयले २०८२ साल भदौसम्म म्याद थपेको छ। निर्माण कम्पनीलाई थप गरिएको समय सकिन एक महिना मात्र बाँकी रहेका बेला पुल निर्माणको काम भने अलपत्र रहेको छ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेश कुमार यादवले पुल निर्माणको स्थान परिवर्तन गर्नु पर्ने भएकाले समस्या भएको बताए। उनले भने, “पायलमा समस्या देखियो। स्थान परिवर्तन गर्न भनेका थियौ। ठाउँ त सोही हो। तर, १५ मिटर तल÷माथिको कुरा हो। मुद्दा हाल्छु भन्छ। कागज पत्र पेस गरेको छ। अर्काे ठाउँमा बनाउदै न भन्छ। सोही ठाउँमा बनाउछु भन्छ। लागत त त्यही हो। तर, पहिले काम गरेको भुक्तानी हामी दिदैनौ। त्यो काम फल्ट देखियो। भदौमा समय सकिदै छ। काम सुरु भयो भने, म्याद थप्छौ। तर, काम सुरु गरेन भने, ठेक्का तोड्छौ। चन्द्रशेखर मल्लको कम्पनीले हो काम गर्ने”

शिवगंगा पारिका बासिन्दा रोजगारी, पढाइ, व्यवसाय र अन्य कामका लागि धनगढी बजारमा नपुगी हुँदैन। धनगढीको पर्यटकीय स्थल बेहडाबाबा जाने पर्यटकहरू पनि समस्यामा पर्ने गरेका छन्।दिनेश खबर बाट साभार

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...