Skip to main content

धनगढी न्यूज

कृष्णपुर नगरपालिकाले पालेको चित्तलमाथि छानबिन गर्न वन कार्यालयको निर्देशन

Advertisement

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले पालेको चित्तलमाथि छानबिन गर्न डिभिजन वन कार्यालय कञ्चनपुरले निर्देशन दिएको छ।

नगरपालिकाले विगत एक वर्षदेखि अवैध रूपमा चित्तल पालन गर्दै आएको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरले वाणी सब डिभिजन वन कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको हो।

शुक्रवार डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले सब डिभिजन वन कार्यालय वाणीलाई छानबिन गर्न निर्देशन दिँदै पत्राचार गरेका छन्। पत्रमा कृष्णपुर नगरपालिकाले चित्तलका लागि छुट्टै खोर नै बनाएर दुई वटा चित्तल पालन गर्दै आएको जानकारी आएकाले त्यसको विषयमा जाँचबुझ प्रतिवेदन पेस गर्न भनिएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा (१५) बमोजिम वन्यजन्तुको संरक्षण, प्रवर्धन तथा पालन गर्न चाहने व्यक्ति वा संस्थाले अनुमति लिनुपर्ने व्यवस्था रहेको छ। तर सो पालिकाले अनुमति लिएको नलिएको? के कुन प्रयोजनका लागि पालन भइरहेको? कहाँबाट कुन अवस्थाबाट ल्याइएको? सो वन्यजन्तुको हालको अवस्था के कस्तो रहेको छ? सो सम्बन्धमा छानबिन गर्न भनिएको छ।

 

कृष्णपुर नगरपालिकाले कार्यालय परिसरमै अनुमति बिना विगत नौ महिनादेखि जङ्गली जनावर चित्तल पालेको छ। व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड, २०८० अनुसार जंगली जनावरको पालनपोषण गर्न राष्ट्रिय निकुञ्ज विभागबाट आवश्यक अनुमति लिनुपर्ने व्यवस्था रहेको छ। तर कुनै अनुमति नलिई कृष्णपुर नगरपालिकाले दुईवटा चित्तल पाल्दै आएको पाइएको हो।

नगरपालिका एक कर्मचारीले एक वर्ष अगाडी नै त्यहाँ चितल ल्याईएको बताए। उनका अनुसार चितल स्याहारका लागि एक जना कर्मचारीसहितको खर्च व्यवस्थापन पालिकाले गरेको छ । ‘चितल मेयरसापले नै लिएर आउनु भएको हो, कहाँबाट ल्याउनुभयो हामीलाई थाहा भएन् ।’ ती कर्मचारीले भने ‘चितलका लागि खोर निर्माण गरिएको छ, पालिकाले नै स्याहार गदैँ आएको छ ।’

विभागमा कुनै पनि किसिमको अनुमति कृष्णपुर नगरपालिकाले नलिएको राष्ट्रिय निकुञ्ज विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिए। डिविजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरले पालिकाले चितल पालेको विषयमा कार्यालयलाई जानकारी नभएको बताए। ‘अनुमती बिना वन्यजन्तु पाल्न कानूनले निषेध गरेको छ, त्यसका कार्यालयबाट अनुमती लिनुपर्छ, उनले भने ‘कृष्णपुर नगरपालिकाले त्यस सम्बन्धी अनुमती लिएको हामीलाई जानकारी छैन्, अवैध ठहरीए ऐन अनुसार कार्वाही हुन्छ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ ले वन्यजन्तुलाई अनुमती बिना पाल्न नपाईने व्यवस्था गरेको छ। ऐनको दफा १५(क)  अनुसार वन्यजन्तुको अध्ययन, अनुसन्धान, प्रजनन् तथा पालन गर्न सक्ने व्यवस्था गरेको छ। तर त्यसका लागि ईच्छुक व्यक्ति वा  संस्थाले तोकिए बमोजिम अनुमती पत्र(लाइसेन्स) लिनुपर्ने उल्लेख छ।

तर कष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले चितल उपचारका लागि पालिका ल्याईएको दावि गरेका छन्। उनका अनुसार एक वर्ष अघि घाईते अवस्था भेटिएको चितललाई उपचारका लागि पालिका ल्याईएको हो। ‘चितल पाल्ने पालिकाको कुनै योजना छैन्, घाईते भेटिएपछि उपचारका लागि ल्याईएको हो।’ सूचना अधिकारी बोगटीले भने ‘चितलका लागि खोर निर्माण गरिएको होईन्, गोदामघरमै राखेर उपचार गरिएको हो, अबको केही समयपछि वनमै छोड्छौ।’ पालिकाले चितल पाल्ने योजना नभएकोले अनुमती नलिएको उनको भनाई छ। पालिकाले हरियाली सामुदायिक वनबाट ती चित्तल ल्याईएको बुझाएको छ। मेयर हेमराज ओझाले भने घाईते अवस्थामा भेटिएको चित्तललाई उपचार र हेरचाहका लागि नगरपालिकामा राखिएको र भोलि डिभिजन वन कार्यालयलाई बुझाउने बताएका छन्। दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...