Skip to main content

धनगढी न्यूज

धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमीबाट सर्वाधिक विद्यार्थी उत्तीर्ण

Advertisement

धनगढी: धनगढीस्थित सुदूर पश्चिमााञ्चल एकेडेमी(एसपिए) बाट भखरै प्रकाशित कक्षा १२ को एसएलसी परीक्षाको नतिजामा यस क्षेत्रकै सर्वाधिक संख्यामा विद्यार्थी उत्तीर्ण भएका छन् । कक्षा ११/१२ मा विज्ञान , व्यवस्थापन , कम्प्युटर विज्ञान , होटल व्यवस्थापन , मानविकी , शिक्षा र कानून संकायमा अध्ययन हुने उक्त एकेडेमीबाट यस वर्षको कक्षा १२ मा धनगढी क्षेत्रकै सर्वाधिक संख्यामा विद्यार्थी उत्तीर्ण भएको एकेडेमीका प्रमुख प्रशासनिक अधिकृत प्रकाश बलायरले बताउनुभयो ।


विभिन्न संकाय अन्तर्गत विज्ञान संकायमा १३७ जना , व्यवस्थापन संकायमा २५६ , होटल व्यवस्थापनमा १०४ जना तथा मानविकी , शिक्षा र कानून संकायमा ५१ जना गरी कूल जम्मा ५४८ जना विद्यार्थी उत्तीर्ण भएको एकेडेमीका विज्ञान संकाय संयोजक डिल्ली धामीले जानकारी गराउनुभयो ।

सोही कलेजमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत वार्षिक प्रणाली अन्तर्गत BBS, BA, B.Ed. , BSW र सेमेष्टर प्रणाली अन्तर्गत BITM र BHM कार्यक्रम समेत सञ्चालित रहेकोमा अधिकांश विद्यार्थीले सोही कलेजका स्नातक कार्यक्रम रोज्ने गरेको क्याम्पसका सहायक प्राचार्य रघुनाथ जोशीले जनाउनुभयो ।

कलेजमा त्रि.वि.का विभिन्न स्नातक कार्यक्रमसँगै MBS तथा M.Ed. का कक्षाहरु पनि सञ्चालित छन् । १२ कक्षाको नतिजा प्रकाशनसँगै विभिन्न स्नातकका कार्यक्रममा एसपिए कलेजले भर्ना कार्यक्रम आह्वान गरेको जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...