Skip to main content

धनगढी न्यूज

मुख्यमन्त्री शाहको एक वर्ष : “राजनीतिक र शासकीय दृष्टिमा सरकार सफल”

Advertisement

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकार गठनको एकवर्षे कार्यकाल राजनीतिक एवं शासकीय दृष्टिकोणबाट सफल रहेको बताएका छन्।

सरकार गठनको एक वर्षको अवधिमा भएका उपलब्धि सार्वजनिक गर्न आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले एक वर्षको अवधिमा राजनीतिक स्थायित्व प्रत्याभूति गरिएकाले सरकार सञ्चालनका साथै विकासका गतिविधिलाई तीव्रता दिन उपयुक्त र भरपर्दो आधार निर्माण भएको बताए। उनले भने, “सरकारले कार्यान्वयनमा ल्याएका योजना कार्यक्रमले जनमानसमा सुशासन र विकासको नयाँ आशा एवं भरोसाको सञ्चार गरेको छ, विगतका कमीकमजोरी सुधार गरी सुशासन र विकासको प्रत्याभूति दिलाउनेतर्फ निर्देशित भएर सरकार क्रियाशील छ।”

छिमेकी मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा आफ्नो नेतृत्वमा भएको औपचारिक भ्रमणका क्रममा भारतका दुई प्रदेशका मुख्यमन्त्रीलगायत उच्च पदाधिकारीसँग भएको भेटवार्ताले दुवै मुलुकका बीच कूटनीतिक, धार्मिक, सांस्कृतिक सम्बन्ध, सहकार्य र समन्वयलाई थप मजबुद बनाएको महसुस भएको मुख्यमन्त्री शाहले बताए। सो अवसरमा सार्वजनिक गरिएको उपलब्धि विवरणमा एसियाली विकास बैङ्कले प्रदेशको एकीकृत आर्थिक तथा पर्यटन विकासको अध्ययन गरी सोको प्रतिवेदन सरकारलाई हस्तान्तरण गर्नु र उक्त बैङ्कले लगानी तथा विकास सम्मेलन सफल बनाउन सम्मेलन आयोजनामा लागत साझेदारी लगायतकोे सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेको उल्लेख छ।

एसियाली विकास बैङ्कको प्रतिवेदनमा उल्लिखित पाँच महत्वपूर्ण परियोजनालाई सुदूरपश्चिममा गर्न लागिएको लगानी तथा विकास सम्मेलन लगानीकर्ताका लागि प्रस्तुत गरिने बताइएको छ।

यसैगरी, सुदूरपश्चिम प्रदेश साक्षर प्रदेश घोषणा हुनसक्नु, एक वर्षमा १८ ऐननियम निर्देशिका तथा कार्यविधि जारी हुनु, प्रदेशको खर्च गर्ने क्षमतामा वृद्धि गर्दै ७० दशमलव २२ प्रतिशत वित्तीय प्रगति हुनुलाई सरकारले उपलब्धि मानेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको विभिन्न ११ सूचकका आधारमा कार्यसम्पादन मूल्याङ्कनबाट प्रदेशहरुमध्ये सबैभन्दा बढी ५१ दशमलव ६ प्रतिशत अङ्क प्राप्त गरी सुदूरपश्चिम प्रदेश पहिलो हुनु र चालु वर्षमा स्थानीय तहमा वित्तीय हस्तान्तरणको परिणाम वृद्धि भएको उपलब्धि विवरणमा समेटिएको छ।

उपलब्धि विवरणमा भौतिक विकासतर्फ थप ३५५ किलोमिटर सडक निर्माण, थप एक हजार ६२८ हेक्टर जग्गामा सिँचाइ सुविधा, थप २७ किमी तटबन्ध निर्माण, २७ हेक्टर जग्गा नदी उकासबाट प्राप्त प्राप्त हुनु, खानेपानी सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत नेपाल सरकार खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारबीच लागत साझेदारीमा प्रदेशको कैलाली र डोटीका विभिन्न पालिकामा १३ अर्ब ३८ करोड ७० लाख रकम बराबरको आयोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई आयोजनाको काम प्रारम्भ भएको उल्लेख छ।

अछामको बयलपाटा अस्पताल, कैलालीको लम्कीचुहा अस्पताल र डडेल्धुराको जोगबुडा प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति तथा सञ्चालनको प्रक्रिया अघि बढेको जस्ता गतिविधिलाई पनि उपलब्धिमा समेटिएको छ।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...