Skip to main content

धनगढी न्यूज

एमालेले पार्टीमा फर्किन रोक लगायो, पूर्वराष्ट्रपति भण्डारी भने निरन्तर राजनीतिक गतिविधिमा

Advertisement

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने केन्द्रीय कमिटी बैठकबाटै निर्णय गरे पनि उनले राजनीतिक गतिविधिलाई निरन्तरता दिएकी छन्।

एमालेको पूर्वउपाध्यक्षको हैसियतमा विज्ञप्ति निकालेर एमालेको केन्द्रीय कमिटीको निर्णयको विरोध गरेकी भण्डारी त्यसयता मौनजस्तै थिइन्।

तर सोमबारदेखि भण्डारी फेरि राजनीतिक गतिविधिलाई अघि बढाउन थालेकी छन्।

सामाजिक गतिविधिमार्फत् भण्डारीले राजनीतिक भेटघाट र संवादलाई पुन: निरन्तरता दिन खोजेको उनीनिकट नेताहरूको भनाइ छ।

यही क्रममा सोमबार भण्डारी कोशी प्रदेशको राजधानी विराटनगर जाँदैछिन्। त्यहाँ उनी उद्घोष दैनिकको वार्षिकोत्सवका लागि जाने कार्यक्रम रहे पनि राजनीतिक भेटघाटसमेत गर्नेछिन्।

उनको भेटघाटको चाँजोपाँजो एमालेका नेता विनोद ढकालले गर्नेछन्। ढकाल एमालेमा संस्थापनइतर नेताका रूपमा पूर्वमा चिनिन्छन्।

एमाले कोशी प्रदेश अध्यक्षमा पराजित भएयता उनी पार्टीको खास भूमिकामा भने छैनन्। तर उनको नेतृत्वको पूर्वमा एमाले संस्थापनइतर पक्षले मोरङ जिल्ला, विराटनगर महानगर कमिटीलगायतमा जित हासिल गरेको छ।

पूर्वराष्ट्रपति भण्डारीले तिजको अवसर पारेर एमालेका केन्द्रीय तहका नेता र अखिल नेपाल महिला संघका पदाधिकारी एवं सदस्यहरूसँग पनि भेट्ने कार्यक्रम तय भएको छ।

‘तिजको अवसरमा उहाँले एमाले केन्द्रीय सदस्यहरू र अनेमसंघका पदाधिकारी तथा सदस्यहरूलाई बोलाएर दर खुवाउने र भेटघाट तथा राजनीतिक कुराकानी गर्ने कार्यक्रम छ,’ भण्डारीनिकट एक नेताले भने, ‘भदौको ६, ७ गतेतिर यो कार्यक्रम गर्ने तयारी छ।’

भण्डारीले भदौ दोस्रो साता महिला उद्यमीहरूसँग पनि भेटघाट गर्नेछिन्।

यो कार्यक्रम भने मधेस प्रदेशको पर्सास्थित वीरगञ्जमा हुनेछ।

त्यहाँको उद्योग वाणिज्य संघले समन्वय गर्न लागेको महिला उद्यमीहरूको भेला संघकै सभाहलमा हुनेछ भने भण्डारीले त्यस सन्दर्भमा राजनीतिक भेटघाट र संवादलाई निरन्तरता दिनेछिन्।

पछिल्लो समय विधान महाधिवेशनलाई लक्ष्य गरेर एमालेमा प्रदेश कमिटीहरूको बैठक चलिरहेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णालीपछि आज सुदूरपश्चिममा भेला हुँदैछ। यी भेलाहरूमा पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन रोक्न नहुने आवाज उठिरहेको छ। कोशीमा अलि बाक्लो रूपमा यो आवाज उठेको उनीनिकटहरूको दाबी छ।

बागमतीमा पनि भण्डारीको सदस्यतानै रोक्न नहुने केही सचिवालय सदस्यहरूले कुरा राखेका थिए। कर्णालीमा पार्टीका केन्द्रीय पदाधिकारीबिनै बैठक बसेको थियो। सुदूरपश्चिममा भने महासचिव शंकर पोखरेल बैठकमा सम्बोधन गर्न पुगेका छन्।

एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हुँदैछ। एमालेको सदस्यता नवीकरण नभएको र २०७८ मंसिरमा चितवनमा भएको १० औं महाधिवेशनमा प्रतिनिधि नरहेकोले भण्डारी विधान महाधिवेशनमा सहभागी हुन पाउने छैनन्।

उनीमात्र होइन, पार्टीमा भर्खरै प्रवेश गरेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेलगायत पनि आयोजकको हैसियतमा रहनेछन् भने मताधिकारबाट बञ्चित रहनेछन्।

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारी आज उद्घोष दैनिकको वार्षिकोत्वमा जाने कार्यक्रमबारे जानकारी रहेको बताए।

‘उहाँ पत्रिकाको वार्षिकोत्सवमा जाने भन्ने कार्यक्रमबारे जानकारी छ, उहाँलाई एमालेले हिँडडुलमै प्रतिबन्ध त लगाएको होइन नि!,’ उनले भने, ‘पूर्वराष्ट्रपतिको अन्य राजनीतिक गतिविधि र भेटघाटबारे हामीलाई थाहा छैन।’सेटो पाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...