Skip to main content

धनगढी न्यूज

मोदीकै जन्मदिन पारेर ओली–मोदी भेट संयोग कि साइत ?

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण ‘खुला रहस्य’जस्तै भइसकेको छ । दुवै मुलुकले औपचारिक रूपमा भ्रमणको मिति सार्वजनिक नगरे पनि नेपाली र भारतीय मिडियामा भ्रमणको सम्भावित तालिका सार्वजनिक भइरहेको छ ।

दुवै मुलुकका मिडियाले आ–आफ्ना स्रोतबाट प्राप्त सूचनालाई आधार बनाएर ओलीको भारत भ्रमण सेप्टेम्बर १६–१७ अर्थात् भदौ ३१–असोज १ गतेसम्म हुने जनाएका छन् । भ्रमणका तयारी, निम्तिन सक्ने सम्भावित परिस्थिति लगायतलाई ध्यानमा राखेर यस्ता मिति सार्वजनिक गर्न नहतारिने कूटनीतिक अभ्यास विश्वव्यापी छ । सोही कारण पनि दुवै मुलुकले भ्रमणको मिति अहिले नै औपचारिक रूपमा सार्वजनिक नगरेका हुन सक्छन् ।

अहिले मिडियामा आएकै मिति अर्थात् सेप्टेम्बर १६–१७ मा ओलीको भारत भ्रमण हुने हो भने त्यो समय निकै खास एवं महत्त्वपूर्ण हुनेछ । किनकि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन सेप्टेम्बर १७ मै पर्दछ र सार्वजनिक भएका सूचना अनुसार त्यही दिन नै उनले नेपालका समकक्षी ओलीसँग भारतको बोधगयामा भेटवार्ता गर्ने तयारी छ ।

ओली प्रधानमन्त्री भएको करिब १३ महिनापछि भारत भ्रमणको औपचारिक निमन्त्रणा पाएका हुन् । भारतका विदेश सचिव विक्रम मिस्रीले नेपाल भ्रमणका क्रममा आइतबार ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको लामो समयसम्म भारत भ्रमण गर्न नसकेको भन्दै विपक्षीले ओलीको आलोचना गर्दै आएका थिए । भ्रमणका लागि भएको ढिलासुस्तीकै कारण कतिपयले नेपाल–भारत सम्बन्ध बिग्रिँदै गएको उदाहरणका रूपमा समेत व्याख्या गरेका थिए ।

ओलीको भारत भ्रमण हुने लगभग निश्चित भइसकेको छ र सम्भावित तालिकासमेत विभिन्न स्रोतमार्फत सार्वजनिक भएको छ । जसअनुसार भारतीय प्रधानमन्त्री मोदीकै जन्मदिन पारेर ओलीको भ्रमण हुन लाग्नु संयोगमात्र हो या साइत नै यस्तै जुरेको हो भन्नेबारे अब स्वाभाविक रूपमा चर्चा हुने देखिन्छ ।रातो पाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...