Skip to main content

धनगढी न्यूज

कञ्चनपुरमा बजेट अभावले नेपाल आमाको मूर्ति निर्माण अलपत्र

Advertisement

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बजेट अभावले अलपत्र परेको छ।

जगतगुरु मोहनशरण देवाचार्यले आठ वर्षअघि साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणको सुरुवात गरेका थिए। मूर्ति निमार्णका लागि जगतगुरु मोहनशरण देवाचार्यले जनताको दानबाट केही धातु र नगद सङ्कलन गरे पनि राज्यस्तरबाट सहयोग नहुँदा मूर्ति निर्माण पूरा भएको छैन।

‘प्रदेश सरकारका मुख्यमन्त्रीलगायतका अधिकांश नेतालाई भेटेरै मूर्ति निर्माण लागि तीन करोड बजेट विनियोजन गरिदिन आग्रह गरेको थिएँ’, जगतगुरु मोहनशरण देवाचार्यले भने, ‘सरकारबाट सहयोग प्राप्त भएको छैन।’

उनले उक्त मूर्ति राष्ट्रलाई जोड्ने अभियान भएकाले यसको पूर्णताका लागि सबैको सहयोगको आवश्यकता रहेको बताए। मूर्ति निर्माणका लागि २०७४ सालमा भ्याली कन्स्ट्रक्सनलाई रु १० करोड ८१ लाखमा ठेक्का दिइएको थियो।

जगतगुरु मोहनशरण देवाचार्यले २०७२ साल वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रमा गर्दा २२ टनसम्म तामा, पित्तललगायतका धातु सङ्कलन भएका थिए। त्यसबाहेक स्थानीयले तीन टन धातु दान गरेका थिए। यही धातुबाट मूर्ति निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा निर्माण पूरा हुन सकेको छैन।

भम्केनी धाममा जगतगुरु मोहनशरण देवाचार्यले धार्मिक गतिविधि गर्न थालेपछि चहलपहल हुन थालेको हो। यहाँ नेपाल आमाको मूर्ति निर्माण सुरु गरिएपछि धामको महत्व बढेको र धार्मिक पर्यटक बढ्न थालेको स्थानीय बताउँछन्। ‘जगतगुरु यहाँ आएर मूर्ति बनाउन थालेपछि यो क्षेत्र चर्चामा आएको हो अहिले झापादेखिका मानिस आउने गरेका छन्’, स्थानीय मोहनदेव जोशीले भने।

पाण्डवहरु वनवासको समयमा यस क्षेत्रका कुवामा पानी निकाल्दा भक्कानिएर पानी आएकाले यसलाई भम्का भनिएको र यस क्षेत्रको इतिहास महाभारतसँग जोडिएको विश्वास गरिन्छ। ‘यो सिद्धबैजनाथको भूमि भएकाले यसको महत्व धेरै छ त्यसमा पनि पाण्डवले यो क्षेत्रमा बास बसेको किंम्वदन्ती पनि छ।’ धाममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको फरक–फरक कुण्डहरु निर्माण गरिएको स्थानीय निर्मला भट्टको भनाइ छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...