Skip to main content

धनगढी न्यूज

जब समुन्द्रमा घुमाउँदा बीचमा लगेर बोट पल्टाइदियो गाइडले!

Advertisement

२३ जुलाई, २०२५ बाली घुम्नको लागि १६ जनाको समूह काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा भयौं।

करिब ८ बजेतिर सबै जना भेट भएपछि बोर्डिङ पासको लागि सिंगापुर एयरलाइन्सको काउन्टरतर्फ लाग्यौं। विदेसिनेको लर्को निकै नै ठूलो थियो कोही घुम्न जाने थिए, कोही पढ्न जाने थिए भने कोही रोजगारीको लागि जान लागेको जस्तो देखिन्थ्यो।

बोर्डिंङ पास लिने लाइन लामो नै थियो। हामी सबै जना त्यही लाइनमा उभियौं।

एकछिनपछि बोर्डिंङ पास लिएर एक तल्लामाथि अध्यागमनतर्फ लागियो। त्यहाँ त झन् लामो लाइन रहेछ।

करिब ३० मिनेट जति पछि हामी अध्यागमन अधिकृतको काउन्टरमा पुग्यौं।

अधिकृतले हाम्रो भिसा, बोर्डिंङ पास र टिकट हेरी सकेपछि हामीलाई बाली जान अनुमति दिए। त्यहाँ उतापट्टि लाइनको छेउमा केही महिलाहरूलाई ‘होल्ड’ गरिरहेको देखिन्थ्यो। 

यसै क्रममा मैले एक जना बैनीलाई सोधेँ- के भो तपाईंहरूलाई? उनीहरू भन्दै थिए- हामी भिसिट भिसामा दुबई जना लागेको, हामीलाई रोकिरहेका छन् किन हो थाहा छैन।

एक जना बैनी चाहिँ त्यहाँ अध्यागमन अधिकृतसँग झगडा गर्दै थिइन्।

‘मेरो भिसा छ, टिकट छ घुम्न जान लागेको, किन रोक्नुहुन्छ? तपाईंलाई के चाहियो? भन्दै थिइन्।

यस्तो दृश्य हेर्दै हामी सुरक्षा जाँच गर्नेतर्फ अगाडि बढ्यौ। त्यसपछि सुरक्षा जाँचमा मोबाइल, पर्स, बेल्ट, झोला सबै परीक्षणको लागि एक्सरे मेसिनमा जाँच गरेपछि सेक्युरिटी चेकको छाप बोर्डिंङ पासमा लगिदिएपछि हामी वेटिङ रूमतर्फ गयौं र त्यहाँ केही समय बस्यौं।

करिब आधा घण्टा जति पछि जहाज अवतरण भएको खबर माइकिङबाट भयो र प्रस्थान गर्नको तयारी अवस्थामा बस्नको लागि एअरलाइन्सको कर्मचारीले प्यासेन्जरहरूलाई अनुरोध गरे।

केही समयपछि हामी करिब रातको ११ बजे सिंगापुर एअरलाइन्सको एसक्यु ४४१ उडान नम्बरबाट सिंगापुरतर्फ उडान भयो। विमानमा परिचारिकाहरूले हामीलाई खानाको व्यवस्था गरे।

हामी तीन जना भेज भएकोले गर्दा परिचारिकाहरूले पहिला हामीलाई ल्याइदिनुभो। खाना स्वादिलो नै थियो।  यसरी करिब ५ घण्टा जतिको यात्रापछि हामी सिंगापुरको समय अनुसार बिहान ६:३० बजे विमानस्थलमा अवतरण भयौं। यहाँ हाम्रो २ घण्टा ट्रान्जिट थियो। त्यहाँबाट करिब बिहान ८:३० तिर बालीको लागि हामी फेरि एस क्यु ९३६ मा चढ्नको लागि बोर्डिंङ पास देखाइ पुन: त्यहाँ पनि सेक्युरिटी चेक गरी वेटिङ रूममा केहीबेर बस्यौं।

यहाँबाट बाली पुग्न करिब २ घण्टा ४० मिनेट जति लाग्ने रहेछ। ११ बजेतिर बालीको न्गुरह राई एअरपोर्टमा अवतरण भयो। त्यहाँ अध्यागमनको प्रक्रियापछि हामी बाहिर गेटमा गाइड र प्लाकार्ड खोज्दै गयौं तर देखिएन त्यहाँ प्लाकार्ड देखाउने बालिनीजहरू धेरै नै थिए।  यसको मतलब यहाँ पर्यटकहरू चाहिँ धेरै नै आउने रहेछ भन्ने बुझियो।  प्लाकार्ड नदेखेपछि मैले गाइडलाई कल गरेँ। अनि भेट भयो।

हाम्रो बाँकी साथीहरूले निकै नै ढिलो गरे जसले गर्दा करिब १ घण्टा जति कुर्यौं। त्यसपछि गाइडले हामीलाई विमानस्थलको आगमन गेटमा एउटा बासनादार फूलको माला लगाएर सबै जनालाई स्वागत गरे।  यो अति नै राम्रो संस्कार रहेछ पर्यटकलाई स्वागत गर्ने तरिका।  हामी सबै जना यसमा प्रभावित भयौं।

5-1756542558.jpg
सबै जना जम्मा भएपछि बस चढेर होटलतिर प्रस्थान गर्यौं। बाटोमा विभिन्न दृश्यहरू अवलोकन गर्दै होटल जाँदा बाटोमा अर्जुन, कृष्ण, सहदेव, नहकुल सबै भगवानहरूको मूर्तिहरू हेर्दै अगाडि बढियो।  बाली चाहिँ वास्तवमा हिन्दु राज्य रहेछ यहाँ करिब ८० प्रतिशतभन्दा धेरै हिन्दु नागरिकहरू रहेछन् त्यसकारण यहाँ हिन्दु झल्किने विभिन्न मूर्तिहरू सडकका चोकहरूमा बडो राम्रोसँग सजाएर राखेका देखिन्थ्यो।

केही समयको यात्रापछि होटलमा पुगियो। त्यहाँ सबै जना आफ्नो आफ्नो कोठाको चाबी लिएर एकछिन फ्रेस हुन कोठातिर लागे र केही समय आराम गरेपछि खाना खानको लागि बाहिर हिँड्यौं। लोकल रेस्टुरेन्टमा लोकल स्वादका खानाहरू खायौं। त्यसपछि हामीलाई गाइडले समुन्द्रको किनारातिर लिएर गए।

नेपालीहरू प्राय: विदेश भनेपछि समुन्द्र हेर्न रूचाउने भएकोले होला सबै जना केहीबेर समुन्द्रको दृश्यहरू हेरी मज्जा लिए। कोही फोटो खिच्न थाले, कोही समुन्द्र हेर्न थाले, कोही समुन्द्रको किनारामा बसेर रमाइरहेका थिए।

बेलुकाको करिब ७ बजेतिर फेरि बेलुकाको खाना खान इण्डियन रेस्टुरेन्टतिर गाइडले हामीलाई लिएर गए। त्यहाँ चाहिँ नेपालीसँग स्वाद मिल्ने इन्डियन खाना खायौं। बालीमा पहिलो दिन रमाइलो भएको अनुभव साथ हामी पुन: होटलतिर लाग्यौं।

बसमा गाइडले भोलिको कार्यक्रमहरू भन्दै गए। समुन्द्र सतहबाट करिब ४२ मिटर उचाइ मात्र भएकोले यो ठाउँमा चाहिँ गर्मी नै थियो।

दोस्रो दिन 

दोस्रो दिन बिहान करिब ६ बजेतिर उठेर सबै जना फ्रेस भएर ब्रेकफास्टको लागि तल रेस्टुरेन्टतिर गयौं। समय नेपालको भन्दा २ घण्टा १५ मिनेट छिटो रहेछ।

बालीमा ६ बज्दा नेपालमा बिहान ३:४५ हुन्छ। खाना त्यहाँ विदेशी तरिकाको थियो सबैले आफ्नो आफ्नो इच्छा अनुसार ब्रेकफास्ट खाए। त्यसपछि घुम्नको लागि होटलबाट सबै जना बसमा चढेर गन्तव्यतिर लागियो।

बाटोमा ट्राफिक जाम हुने रहेछ।  बाटोहरू साना साना, साँघुरो खालका रहेछन् त्यसमा पनि टु वे जसले गर्दा जाम हुँदो रहेछ। जाममा नेपालमा जस्तो ओभरटेक चाहिँ नगर्ने रहेछ।

आजको घुम्ने कार्यक्रम अन्तर्गत वाटर स्पोर्ट्स र उलुवटु मन्दिर। सोही अनुसार पहिला गाइडले हामीलाई समुन्द्रतिर लिएर गए। त्यहाँ बनाना बोटमा चढाएर समुन्द्रमा एक फन्को सबैलाई पालै पालो घुमाए। सबैले आनन्द लिए। बनाना बोटमा घुम्ने क्रममा हामी पुरूषहरू चार जना एउटा बोट समुन्द्रमा घुमाउँदा बीचमा लगेर पल्टाइदियो सायद केटाहरू मात्र देखेर होला।

1000015907-copy-1756552012.jpg
निकै रमाइलो लाग्यो। मलाईसँग लाइफ ज्याकेट थियो अनि पौडिन पनि आउँथ्यो। तर अरू साथीहरू भने बेस्सरी डराए। एक जना भक्तपुरको साथी त निकै नै आत्तिए।  मलाई बचाउनु, मलाई बचाउनु भन्दै कराउन थाले। मैले भने ‘नअत्तिनुस्, आत्तिनु हुँदैन’ भन्दै सम्झाएँ।

पानीमा कहिल्यै पनि आत्तिनु हुँदैन।  त्यसपछि तुरून्त रेस्क्यू बाइक आयो र सबैलाई फेरि बोटमा चढाएर समुन्द्रको किनारातिर फिर्ता ल्याए। यहाँ समुन्द्रमा खेल्न रमाउन धेरै नै कार्यक्रम थियो अनि हामी छ जना जातिले चाहिँ प्यारासुटमा जोडी उड्ने खेल खेल्यौं। समुन्द्रको माथि उडेको मज्जा नै फरक हुने रहेछ, त्यसमाथि पनि जोडी श्रीमान श्रीमती।

त्यहाँबाट रमाइलो अनुभवहरू लिएर हामी अब अर्को गन्तव्य उलुवाटू मन्दिरतिर गयौं। यो हिन्दु मन्दिर रहेछ यहाँ रूद्रको पूजा गर्ने रहेछन।  रूद्र भनेपछि शिव जीको मन्दिर जस्तो लाग्यो मलाई। यो मन्दिरमा आनन्द , सकारात्मक ऊर्जाको अनुभव भयो। त्यहाँभित्र जानको लागि चाहिँ त्यहाँको लुगा प्याजी कलरको लुंगी जस्तो बेर्नु पर्ने यो अनिवार्य रहेछ।

ullu-1756547135.jpg
त्यो मन्दिर वरपर बाँदरहरू पनि रहेछन्, अचम्म चाहिँ त्यहाँ बाँदरको चाहिँ जुँगा रहेछ। तर खतरनाक।  नेपालको भन्दा फरक। नेपालकोले त फलफूल मात्र खोसेर खान्छन्। त्यहाँकोले त मोबाइल, झोला , जुत्ता चापल,चस्मा जे पनि खोस्न आउने रहेछ।  मेरो श्रीमती को ह्यान्ड ब्याग खोस्न आयो।  त्यस्तै एक जना साथीको चप्पल खोसेर टोक्न थाले। अलि डर डर जस्तो भयो। जे होस् त्यहाँको पनि फरक अनुभव लिएर लन्चको लागि रेस्टुरेन्टतिर गयौं।

बालीमा इन्डियन रेस्टुरेन्ट प्रशस्त नै रहेछन्। हामी नेपालीलाई खानाको खासै समस्या छैन। दिउँसोको लन्चपछि हामीलाई पुन: होटलमा लगियो र केही समय आराम गर्‍यौं। त्यसपछि रातको खान आज समुन्द्र किनार जिम्बरण बीचमा थियो। गाइडले त्यतातिर लिएर गए। समुन्द्रको किनार निकै नै मनमोहक थियो आकाशमा पटकाहरू पड्किरहेका थिए। साथीहरू रातको दृश्यमा सामुन्द्रिक फोटोहरू खिच्दै रमाउन थाले।  कोही फोटो खिच्न थाले कोही टिकटक बनाउन ब्यस्त भए।  कोही भिडिओ खिच्न थाले।  मैले पनि केही दृश्यहरू कैद गरे। उता डिनर तयार भएको खबर आयो गाइडबाट।  सबै जना खानको लागि रिजर्ब गरिएको टेबलमा बस्न थाले। आजको खान बालीको सीफुडसँग डिनर थियो म र श्रीमती भेज। हामीले पहिला नै गाइडलाई जानकारी गराएकाले सोहि अनुसार मासुरहित खानाहरू ल्याइदिए।

खाना खाइरहँदा उतापट्टि बालीको परम्परागत नाच देखाइरहेका थिए। महिलाहरूको नाच उत्कृष्ट नै थियो भने यतापट्टि अर्को आधुनिक टोली पनि रहेछ गितारसहितको टोली चाहिँ अंग्रेजी, हिन्दी लगायतको गीतहरू गाएर रमाइलो गराए।

pic-1-(1)-copy-1756552030.jpg
उनीहरूको गीतमा कोही साथीहरू नाचेर रमाए भने कोही ताली बजाएर। गीत सकिएपछि उनीहरूलाई टिप्स दिनको लागि अनुरोध गरे केदार भाइ, पुलामी जी र मैले केही टिप्स दियौं। उनीहरू खुसी भएर बिदा भए। रातको करिब १० बज्न लागिसकेकोले हामी सबैलाई होटलतर्फ जानको लागि संकेत गरे। सबै जना बस चढी होटलतर्फ लागियो। गर्मी पनि थियो। होटल पुगेपछि केही साथीहरू चाहिँ स्वीमिङ गर्न थाले।  स्वीमिङ पुलको राम्रो नै व्यवस्था थियो। केदार भाइको जोडी र अनिल भाइको जोडी स्वीमिङ्ग पुलमा खेलिरहेका थिए। म चाहिँ यसो एकछिन हेरेर फर्किएँ र सुत्ने तरखर गरेँ।सेतो पाटी बाट साभार
 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...