Skip to main content

धनगढी न्यूज

जेनजी प्रदर्शन ब्रिफिङ : कर्फ्यू अवज्ञा गर्दै संसद् भवन अगाडि प्रदर्शन

Advertisement

 

काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ । सोमबार साढे १२ बजेटदेखि राति १० बजेसम्मका लागि बानेश्वर क्षेत्रमा कर्फ्यू लगाएको छ । तर, कर्फ्यू आदेश सुरु भइसक्दा पनि प्रदर्शन रोकिएको छैन । आदेशको अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् ।

केही प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न खोजेपछि थापागाउँ हुँदै सिंहदरबारतर्फको सडकमा पनि प्रदर्शन गरिरहेका छन् ।

शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न खोजेका उनीहरू पटक-पटक बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरे । त्यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गर्नुका साथै हल्का लाठीचार्ज गरेको छ ।

आक्रोशित युवाको एक समूह बानेश्वरस्थित अन्तर्राष्ट्रिय भवनको मूल गेटमा रहेको सुरक्षाकर्मी रहने सानो भवनको छतमा पुगेर प्रदर्शन गरेका छन् ।

उनीहरूले नेपालको झण्डा फहराउँदै युवालाई संसद् भवनभित्र पस्न आह्वान गरिरहेका छन् ।

 

प्रदर्शन गरिरहेका युवालाई प्रहरीले बल प्रयोग गरेर हटाउन खोजेपछि आक्रोशित युवा दुई नम्बर गेटमा पुगेका थिए । २ नम्बर गेट सांसदहरू प्रवेश गर्ने गेट हो । उनीहरू संसद् भवनभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले त्यहाँ पनि पटक-पटक बल प्रयोग गर्नुका साथै हवाइफायर गरेर प्रदर्शनकारीलाई लखेट्न खोजेको थियो ।

आक्रोशित प्रदर्शनकारीहरू बानेश्वर चोकको नजिकै रहेको सुरक्षाकर्मीको पोष्टमा चढेर नेपालको झण्डा फहराएका थिए ।

अरू प्रदर्शनकारीहरू समेत त्यहाँ चढ्ने प्रयास गरेपछि संसद् भवनभित्रबाट प्रहरीले उनीहरूमाथि बल प्रयोग गरेको थियो । त्यसपछि केहीबेर सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ढुंगा र पानीको बोतल हानाहान भएको थियो ।

 

प्रदर्शनमा कलेज पढ्ने किशोरकिशोरीहरू कलेजको ड्रेस र झोला सहित प्रदर्शनमा सरिक देखिन्छन् । हातहातमा पानीको बोतल बोकेका उनीहरूमध्ये कतिपयले नेपालको राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरिरहेका छन् । कतिपयले किशोरहरूलाई काँधमा चढाएर राष्ट्रिय झण्डा सहित प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीमध्ये कोही संसद् भवनको पर्खाल वा सुरक्षाघेरा तोड्न खोजे वरपरका प्रदर्शनकारीहरूले हो-हल्ला गरेर उनीहरूलाई हौस्याएको देखिन्थ्यो । दिउँसो साढे १२ बजे सुरक्षापोष्टमा पुगेका प्रदर्शनकारीलाई लाठीचार्ज गर्न प्रहरीको सानो टोली त्यसतर्फ अघि बढेपछि अरू प्रदर्शनकारीको टोलीले सुरक्षाकर्मीहरूलाई नै घेरेको थियो, संयमित समूहले उनीहरूलाई छेकेपछि सुरक्षाकर्मीहरू त्यहाँबाट हिँडेका थिए ।अन्लाईन खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...