Skip to main content

धनगढी न्यूज

धनगढीमा पसलहरू क्रमिक रूपमा खुल्दै, हाटबजारमा कारोबार

Advertisement

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीको जनजीवन सामान्य हुँदै गएको छ।धनगढीका पसल, पेट्रोल पप्म, हाटबजार, नास्ता पसल तथा होटेल लगायतका व्यावसायिक प्रतिष्ठान खुल्न थालेका हुन्। यस्तै,धनगढीमा निजी सवारी साधन पनि चल्न थालेका छन् भने विद्युतीय रिक्साहरूसमेत बजार क्षेत्रमा सञ्चालनमा रहेका छन्।

जेन्जी पुस्ताको प्रदर्शनका क्रममा सोमवारदेखि असामान्य बनेको धनगढीको जनजीवन क्रमिक रूपमा सुधार हुँदै गएको छ। देशको शान्ति सुरक्षा कायम राख्न नेपाली सेना परिचालित भएपछि जनजीवन क्रमशः शान्त बन्न थालेको हो। धनगढीसहित आसपासका क्षेत्रमा सेनाको उपस्थिति रहेको छ। कैलाली भन्सार कार्यालय, मुख्यमन्त्रीको निवास, प्रदेश सभा लगायतका कार्यालयहरूको सुरक्षामा नेपाली सेना परिचालन गरिएको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीले समेत सेनाको मातहतमा रहेर सुरक्षा प्रदान गर्दै छन्।

सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड भएपछि धनगढी अशान्त भएको थियो। धनगढी शान्त हुँदै गएपछि कार्यालयहरूमा भएको क्षतिको विवरण सङ्कलनको काम समेत थालिएको छ। तर, पूर्ण वितरण सङ्कलनका लागि जिल्ला स्थित एक संयुक्त अनुगमन टोलीको आवश्यकता पर्ने प्रहरीले बताएको छ। शुक्रवार मालपोत कार्यालय, कैलालीमा भएको क्षतिको विवरण कैलाली प्रहरीले सङ्कलन गरेको छ।

जिल्ला कारागार, कैलालीबाट भागेका कैदी तथा थुनुवाहरू पनि सम्पर्कमा आउन थालेका छन। भारतीय सीमा सुरक्षा बल (एसएसबी)को सहयोगमा सीमा क्षेत्रबाट पनि कारागारबाट भागेका कैदी तथा थुनुवाहरूलाई फिर्ता ल्याएको प्रदेश प्रहरी कार्यालयले बताएको छ। कैलालीमा हाल निषेधाज्ञा तथा कर्फ्यु भने जारी रहेको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...