Skip to main content

धनगढी न्यूज

कञ्चनपुरमा २७ वर्षीय युवाको मृत्यु प्रकरण: वडासदस्यसहित चार जना पक्राउ

Advertisement

कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका २७ वर्षीय नरेश धानुक मृत्यु प्रकरणमा वडासदस्यसहित चार जना पक्राउ परेका छन्। शुक्रबार राति आफ्नै कोठामा फेसबुक लाइभ गर्दै धानुकले जनप्रतिनिधि र अन्य व्यक्तिहरूको नाम लिएपछि झुण्डिएर ज्यान दिएका थिए।

धानुकले फेसबुक लाइभमै वडा सदस्य अमर बोहरा, भोजराज पन्त, खेम बोहरा र जनक धानुकले आफूलाई नाङ्गै बनाएर कुटपिट गरेको र त्यसकै कारण झुण्डिन बाध्य भएको बताएका थिए। परिवारले सोही भिडियोको आधारमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले जानकारी दिए।

धानुकको फेसबुक लाइभ भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा उनले आफूलाई काँग्रेस नेता तथा वडा सदस्य अमर बोहराले “जेन–जी आन्दोलन” मा सहभागी भएको भन्दै कुटपिट गरेको र अन्यले समेत टाउकोमा प्रहार गरी अपमान गरेको दाबी गरेका छन्। अन्तिममा उनले “गुडबाई” भन्दै आत्महत्या गरेका थिए।

शनिबार धानुकको अन्त्येष्टि गरिएको थियो। मृतककी दिदी हिरा रावलले वडा सदस्य बोहराले मदिरा सेवन गराएर भाइलाई कुटपिट गरेको आरोप लगाइन्। उनले मृतकको परिवारलाई न्याय दिनुपर्ने माग गरेकी छन्।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...