Skip to main content

धनगढी न्यूज

धनगढीका पास नभएका घरहरूको विवरण माग, मापदण्ड पुगे अभिलेखीकरण गरिने

Advertisement

धनगढी: सुदूरपश्चिम प्रदेशमा धनगढी एक मात्र उपमहानगरपालिका हो। सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढीमा मापदण्ड विपरीत घरहरू निर्माण हुन क्रम अहिले पनि रोकिएका छैनन्।

मापदण्ड पूरा नगरेर घरहरू निर्माण गर्दा भूकम्पले क्षति गर्ने जोखिम हुन्छ। धनगढी उपमहानगरपालिकासँग मापदण्ड विपरीत निर्माण भएका घरहरुको पूर्ण विवरणसमेत छैन। धनगढी उपमहानगरपालिकाले पुराना घरहरूको अभिलेखीकरण गर्न सोमवार १५ दिनको सूचना सार्वजनिक गरेको छ। धनगढी उपमहानगरपालिका–३ का अध्यक्ष राजबहादुर ऐरले अभिलेखीकरणको सूचना सार्वजनिक गरिएको बताए। उनले भने, ‘नाप नक्सा पास नभएका भवनहरूको अभिलेखीकरण गर्ने हो।’

धनगढीमा निर्माण गरिएका पुराना तथा नक्सा पास बिनै निर्माण गरिएका घरहरूको अभिलेख तयार पारिने भएको हो। धनगढी उपमहानगरपालिकाको मापदण्डअनुसार निर्माण गरिएका घरहरू पास गरिने छ। मापदण्डमा लैजान सकिने घरुहरूको विषयमा समेत प्राविधिकहरूले सुझाव दिने छन्। जग्गा अर्थात घर धनीहरूको ठेगाना, नाम–थर, जग्गाधनी पुर्जा, जग्गाधनीको नागरिकता, फिल्ड नक्सा, सम्पत्ती  कर तिरेको रसिद, भवन निर्माण गर्दा नक्सा बनाएको भए, नक्सासमेत धनगढी उपमहानगरपालिकाको भौतिक पूर्वाधार शाखामा पेस गर्नु पर्ने भएको हो।

धनगढी उपमहानगरपालिकाले १५ दिनको अवधिमा पाँच सयको सङ्ख्यामा अभिलेखीकरणका लागि निवेदन आउने अपेक्षा गरेको छ। धनगढी उपमहानगरपालिकाले विगत वर्षहरूमा समेत पुराना तथा मापदण्ड पूरा नभएका घरहरूको अभिलेख तयार पारेको थियो। उपमहानगरपालिकाले २०७४ सालदेखि २०८२ साल असार ३० गतेसम्म सात सय ८५ घरहरूको अभिलेकीकरण गरेको छ। धनगढी उपमहानगरपालिकामा २०७३ सालदेखि २०८२ सालसम्म सात हजार एक सय ३९ घरहरू पास गरेको छ। धनगढी उपमहानगरपालिकाले १५ दिनको सूचना जारी गरेर अभिलेखीकरणका लागि आउने कागजहरुसमेत मापदण्ड पूरा भएका भए पास गर्ने तयारी गरेको हो। धनगढी उपमहानगरपालिकाका स्टक्चरल इन्जिनियर दीपकराज पाठकले मापदण्ड पूरा भएका घरहरूको नक्सा पास हुने बताए। उनले भने, ‘विवरणहरू माग गरेका छौँ। माग गरेका विवरणहरू अध्ययन गरेर नियम र मापदण्ड पुग्यो भने अभिलेखीकरण गर्ने छौँ।’

धनगढी उपमहानगरपालिका भवन निर्माण तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि अनुसार काम हुने भएको हो।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...