Skip to main content

धनगढी न्यूज

ओलीको प्रश्न : सुकरात त भागेनन् केपी ओली भाग्छ ?

Advertisement

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई फेदटुप्पो केही नभएको सरकारको संज्ञा दिएका छन् ।

शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले जनेजी आन्दोलनको समेत जग नभएको बताए । अहिलेको परिवर्तनलाई राजतन्त्रसँग तुलना गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘यो फेद न टुप्पोको सरकार । जरा पनि छैन, हाँगा पनि छैन । पहेँलो लहरोजस्तो’, ओलीले भने, ‘आकाशवेली सरकारले हामीजस्तो मान्छेलाई पासपोर्ट रोक्का गर्छ ।’ उनले वर्तमान सरकारलाई अनुत्तरदायी भन्दै आफूलाई सुकरातसँग तुलना गरे ।

‘त्यसवेला सुकरात त भागेन आजको केपी ओली भाग्छ ? तमासा पनि हदको हुन्छ नि’, ओलीले आफ्नो पासपोर्ट रोक्का गरेको तथा स्थानहद तोकेको भन्दै आपत्ति प्रकट गरे । नेताहरूलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खोज्दै छ सरकार भनेर ओलीले प्रश्न गरे ।

‘अहिलेका प्रतिगमनकारी कमजोर, कुनै ग्राउन्ड, इतिहास नभएका । परम्पराको टेको न जनसमर्थनको आधार केही पनि नभएका’ उनले आगो लगाएको, तोडफोड गरेको, र आतङ्क मच्चाएको भरमा सरकार बनाइएकाले यसको कुनै वैधानिकता नरहेको टिप्पणी गरे ।

उनले डिस्कर्डबाट चुनाव गरेर शासनमा पुगेको भन्दै मतपत्र कस्तो थियो भनेर जेनजीलाई प्रश्न गरे । ‘डिस्कर्डबाट शासनमा पुगेका रे ! डेमोक्रेसीमा कहीँ डिस्कर्डबाट शासन हुन्छ ?’ओलीले प्रश्न गर्दै भने, ‘डिस्कर्डमा भोटिङ पनि गर्‍या रे ! दुई तीन हजार केटाकेटी जम्मा भए अनि भोटिङ पनि गरेका रे ! कसले गन्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पार्‍यो अमेरिकाको जस्तो ?’ ।रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...