Skip to main content

धनगढी न्यूज

दुई महिना अगाडि लुटिएको सुप विश्वविद्यालयका डिनको गाडी अझै फेला परेन

Advertisement

धनगढी: सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डाक्टर हेमनाथ जोशीले प्रयोग गर्ने गाडी लुटिएको दुई महिना पूरा हुन लागेको छ। गत भदौ २५ गते डिन जोशीको निवासबाट लुटिएको गाडी अहिलेसम्म फेला परेको छैन। डिन जोशीले चढ्ने  बा २ झ २८५९ नम्बरको सेतो स्कारपियो गाडी दिउँसै लुटिएको हो।

जेन्जी आन्दोलनको भोलिपल्ट भदौ २५ गते डाक्टर जोशीको निजी निवास धनगढी उपमहानगरपालिका–५, हसनपुरबाट मुखमा मास्क लगाएका आठजनाको समूहले दिउँसो १२ बजे गाडी लुटेर लगेका थिए। घटना लगत्तै कैलाली प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई खबर गरिए पनि लुटिएको गाडी दुई महिनासम्म फेला नपरेको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयले घटना लगत्तै मौखिक जानकारी दिएर केही व्यक्तिको पहिचानसहित उजुरीसमेत दर्ता भएको जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान दिएर उजुरी दर्ता गर्दासमेत कैलाली प्रहरीले अहिलेसम्म गाडी लुटपाटमा संलग्नबारे कुनै क्लुसम्म भेट्टाएको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनामा संलग्न व्यक्ति र गाडी फेला नपरेको बताएका छन्। उनले गाडीबारे कुनै तथ्य फेला पार्न नसकिएको बताएका छन्।

प्रदेश सभा सदस्यले चढ्ने गाडी भने फिर्ता
जेन्जी आन्दोलनकै दिन प्रदेश सभा सदस्यले प्रयोग गर्ने दुई वटा गाडी आन्दोलनकारीले नियन्त्रणका लिएका थिए।

नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका उप-नेता अक्कल बहादुर रावल र गीतादेवी मालले प्रयोग गर्ने सरकारी गाडी आन्दोलनकारीले लगेका थिए। भदौ २४ गते बिहान सात बजे निवासमै आएर आन्दोलनकारीहरूले आफूले प्रयोग गर्ने गाडी लगेको प्रदेश सभा सदस्य रावले बताए। ‘भदौ २४ गते बिहान ७ बजेको समयमा मैले प्रयोग गर्ने गाडी आन्दोलनकारीले घरमै आएर लगेका थिए। दिनभर चलाएर राति ११ बजे मात्रै फिर्ता गरे,’ उनले भने, ‘त्यसपछि राति १२ बजे उक्त गाडी प्रहरीको समन्वयमा सशस्त्र प्रहरीको गणमा बुझाएको थिए।’ अन्दोलनकारीले गाडीमा सामान्य क्षति पुगाएर गाडी फिर्ता गरेको रावलले बताएका छन्।

जेन्जी आन्दोलनकै दिन माओवादी दलको प्रमुख सचेत गीतादेवी मालले प्रयोग गर्ने गाडीसमेत आन्दोलनकारीले लगेको सांसद रावलले बताए। मालले चढ्ने गाडी भने प्रहरीले फेला पारेको हो। प्रहरीले बेवारिसे अवस्थामा उक्त गाडी फेला पारेको थियो। सुरूमा सोही गाडी सुदूरपश्चिम विश्वविद्यालयका डिन जोशीले प्रयोग गर्ने अनुमान प्रहरी गरेको थियो। विश्वविद्यालयका अधिकारी आएर चेकजाँच गर्दा उक्त गाडी डिन जोशीबाट लुटिएको नभएको थाहा भएको थियो। त्यसपछि भने दिउँसै लुटिएको विश्वविद्यालयको गाडीको बारेमा प्रहरीले कुनै तथ्य र सूचना संकलन गर्न सकेको छैन।

भदौ २५ गते धनगढीको जनजीवन सामान्य थियो। सामान्य अवस्थामा दिउँसोको समयमा लुटिएको गाडीबारे सूचना पाएर पनि प्रहरीले कुनै तथ्य फेला पार्न सकेन।  गाडी लुट्ने समूहको पहिचानसमेत भएको छैन।

कैलाली प्रहरीले उक्त घटना “योजनाबद्ध र असामान्य प्रकृतिको” भएको बताएको छ। गाडी लुट्ने समूहको अहिलेसम्म पहिचान खुल्न सकेको छैन भने गाडी पनि फेला नपरेको प्रहरीले बताएको छ।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...