Skip to main content

धनगढी न्यूज

एउटा अनौठो स्वास्थ्य समस्या– आँखाको परेलामा भेटिए स्याउँस्याउँती जुम्रा!

Advertisement

भारतको गुजरातमा एउटा अनौठो र दुर्लभ स्वास्थ्य समस्याको घटना फेला परेको छ।

गुजरातको अमरेली जिल्लाको सावरकुंडला नगरको एउटा अस्पतालमा उपचार गर्न आएकी महिलाको त्यो समस्या देखेर डाक्टरहरू पनि छक्क परेका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार सुरतकी ६६ वर्षीया गीता बेन नामकी महिला आँखा उपचार विभागमा उपचार गराइरहेकी थिइन्।

करिब दुई महिनादेखि उनको आँखा वरिपरि र खासगरी परेलामा चिलाउने र पोल्ने समस्या भइरहेको थियो। आँखा रातो हुने, निन्द्रा नलाग्ने जस्ता लक्षण पनि देखिएका थिए।

अस्पतालका आँखा विशेषज्ञ डा. मृगांक पटेलले जाँच गर्दा थाहा भयो — उनको परेलामा एक-दुइटा होइन, २५० वटाभन्दा बढी जीवित जुम्रा र ८५ भन्दा बढी अन्डा रहेछन्।

यसलाई भारतमै दुर्लभ भनिएको छ। डा. पटेल र उनको टोलीले दुई घन्टा लामो अपरेसन गरेर ती सबै जुम्रा र अन्डा निकालेको बिबिसीले जनाएको छ।

आँखाको परेलामा जुम्रा पर्ने अवस्थालाई चिकित्सकीय भाषामा ‘फ्थिरियासिस प्याल्पेब्रारम’ भनिन्छ। यो दुर्लभ रोग हो जसमा ‘क्र्याब लाइस’ नामका जुम्रा परेलामा जम्मा भएर रगत चुस्छन्।

गीता बेनको परिवारका अनुसार, उनले सुरतका धेरै अस्पतालमा उपचार गराएकी थिइन् तर निको भएन। पछि सावरकुंडलामा ल्याउँदा डा. पटेलले समस्या पत्ता लगाए।

डा. पटेलका अनुसार यी जुम्रा शरीरको रगत चुसेर जीवित रहन्छन्। परेलाको छाला शरीरका अन्य भागभन्दा पातलो हुने भएकाले त्यहाँ सजिलै टाँसिन्छन्। यसले चिलाउने र पोल्ने समस्या ल्याउँछ।

जुम्रा उज्यालो देख्दा हल्लिने भएकाले तिनलाई निकाल्न ‘म्याकफर्सन’ भन्ने विशेष उपकरण प्रयोग गरिन्छ। हरेक जुम्रालाई एक-एक गरी सावधानीपूर्वक निकाल्नुपर्छ।

डा. पटेलले ‘लोकल एनेस्थेसिया’ दिएर दुई घन्टा उपचार गरेपछि गीता बेन जुम्राको समस्याबाट मुक्त भएकी थिइन्।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश कटारियाले आफ्नो २१ वर्षको अनुभवमा यस्तो केस पहिलो पटक देखेको बताएका छन्।

विशेषज्ञहरूका अनुसार यो समस्या सरसफाइको कमी वा संक्रमित वस्तु (सिरानी, ओछ्यान, कपडा) को सम्पर्कबाट फैलिन सक्छ।

यस्ता जुम्रा दक्षिण भारतमा बढी देखिन्छन्। त्यसलाई औषधिले मार्न सकिँदैन। अन्डा पनि नष्ट गर्न सकिँदैन। त्यसैले एक-एक गरेर निकाल्नुपर्छ। प्रकाशमा सजिलै भाग्ने भएकाले अँध्यारोमा निकाल्न सजिलो हुन्छ।

धेरैलाई कपाल र परेलामा हुने जुम्रा एउटै होला भन्ने लाग्छ। तर यिनमा भिन्नता हुन्छ।

आँखाका जुम्रा परेलाको भित्री भागमा बस्छन् र उज्यालोबाट टाढा रहन्छन्। यी पारदर्शी हुने भएकाले देख्न गाह्रो हुन्छ। माइक्रोस्कोपमा हेर्दा मात्र तिनीहरू भित्र रगत बगिरहेको देखिन्छ।

यस्तो जुम्रा परेको छ भने आँखा निरन्तर चिलाउने र पोल्ने समस्या सुरू हुन्छ। आँखा रातो हुनुका साथै निन्द्रा नलाग्ने, परेला सुन्निने लक्षण पनि देखिन्छ।

यसबाट बच्न अनुहार र हात नियमित सफा गर्नुपर्छ। ओछ्यान, कपडा, सिरानी र कम्बल सफा राख्नुपर्छ। घर वरिपरि सरसफाइ गर्नुपर्छ। आँखामा असजिलो वा चिलाउने समस्या भए तुरून्त आँखा विशेषज्ञलाई देखाउनुपर्छ।सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...